परीक्षण गरियो,पहिलोपटक कोरना भाइरस विरुद्धको खोप ४५ बर्षिया महिलामा !

काठमाडौं। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी भएका छन्। ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्। उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ।

बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ। पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ। परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ। त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ। त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।

यसै क्रममा कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ ।

सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरमा कुनै असर नगर्ने बताइएको छ ।
विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् । विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप नुसन्धानमा जुटेको छ ।

अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो सामान्य तया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *