काभ्रेको पनौतीमा स्थानिय प्रशासनद्धारा क’र्फ्यु आ’देश जारी

  •  
  •  
  •  
  •  
  •  
  •  

काभ्रे। सोमवार दिउसै देखि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौतीमा स्थानिय प्रशासनले अ निश्चि तका लका लागि क’र्फ्यु आदेश जारी गरेको छ । सोमबार टिपरको ठ क्क रबाट आमा, छोरीको निधन भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि त ना बग्र स्त बनेको छ । स्थिति नि यन्त्र ण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले क र्फ्यू आ देश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि क र्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठ क्क र दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्या न गएको थियो ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्र दर्श नमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उ त्रिए र टायर बा ल्दै वि रोध प्र द र्शन गरिरहेका थिए । स्थिति नि य न्त्र ण बाहिर नजाओस् भनी क र्फ्यू आदेश जारी गरिएको प्रजिअ तिमल्सेनाले बताए। क र्फ्यु पछि अहिले अवस्था सामान्य भएको र पीडित र सवारी धनीका बीचमा वार्ताको वातावरण बनाइएको प्रजिअ तिमिल्सेनाले बताएका छन् ।

चेपाङ समुदायका पी डा : किन गाउँमा आउँदैन विकास ?
चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनन् । उहाँलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए हुन्थ्यो भन्ने उनको उत्कट चाहना छ । विकास टाठाबाठाले प्राप्त गर्छन् भन्ने उनको बुझाइ छ । गाउँपालिका गत आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भनिन्, “चेपाङगाउँमा मात्रै किन आउँदैन विकास रु”

“स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटका बारेमा हामीलाई थाहा नै हुँदैन”, उनले भनिन्, “हामी कम बोल्ने र कम जानेबुझेको भएर होला रु”, उनले गुनासो गरिन् । स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उनले गुनासो पोखिन् । शिलाजस्तै अन्य चेपाङको गुनासो उस्तै छ । “हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छौँ र बेच्छौँ”, रामजी चेपाङले भने। उहाँले विद्यालय टाढा हुँदा बालबालिका नियमित उपस्थित हुन स म स्या भएको गुनासो पोख्नुभयो । कक्षा ३ सम्मका लागि बालकक्षाको व्यवस्था गाउँमै गर्नसके मात्रै बालबालिका नियमित विद्यालय जाने उहाँले बताउनुभयो । उनले चेपाङ बाहुल्य क्षेत्रका हरेक विद्यालयमा चेपाङ समुदायको शिक्षक राख्नुपर्ने माग गरे । “पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौँ, अझै धेरै जान्न बाँकी छ”, उनले भने ।

इच्छाकामना गाउँपालिका–५ का वडासदस्य निर्मला श्रेष्ठले अधिकारका लागि चेपाङ समुदाय एकजुट हुनुपर्ने बताइन् । “आजसम्म एक जना चेपाङ पनि योजना चाहियो भनेर वडामा आएका छैनन्, हामीले नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ, तपाईंहरु लाज नमान्नुहोस्, निर्धक्क भएर आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्नुहोस्, तपाईंका माग सम्बोधन हुन्छन्”, उनले भनिन् ।

“चेपाङ समुदायको मुख्य समस्या बालविवाह हो”, वडा सदस्य श्रेष्ठले भनिन् “अझै पनि १५÷१६ वर्षमै बच्चा जन्माउने गरिएको छ, २० वर्ष कम उमेरको जन्म र विवाह दर्ता नै हुँदैन ।” ती समुदायमा हुने बालविवाह जनप्रतिनिधिका लागि पनि चुनौतीको विषय बनेको श्रेष्ठको भनाइ छ । उले कक्षा ५ सम्म अध्ययन गर्ने चेपाङ बालबालिकाका लागि सरकारले निःशुल्क खाजाको व्यवस्था गरेको जानकारी दिइन् ।

“अझै पनि चेपाङ नागरिकको अवस्था दर्दनाक छ”, इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष मोदराज सिलवालले भने, “सरकार र विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेको अभियान बालुवामा पानि खन्याएसरह भएको छ ।” जनचेतनाको कमी र गरिबीका कारण उनीहरु माथि उठ्न नसकेको सिलवालले बताए। “जीवनस्तर उकास्न शुरुआत आफँैबाट गर्नुपर्छ, सरकार र सङ्घसंस्थाले त सहयोग मात्रै गर्ने हो उनले भने ।

वडाले सञ्चालन गरेको उद्घोषणलगायतका तालिममा पनि चेपाङ समुदायको प्रतिनिधित्व नभएको उनले बताए । “यो समुदाय छरिएर होइन, एकीकृत भएर आउनुपर्छ, तपाईंहरु काम गर्छु भनेर आउनुहोस्, हामी बजेट दिन्छौँ”, उनले भने । आफ्ना अधिकारका विषयमा खुलेर बोल्न आग्रह गर्दै हरेक कार्यक्रममा सहभागी हुँदा भत्ता र खाजाभन्दा पनि ज्ञान र सीप सिक्नेतर्फ ध्यान दिन वडाध्यक्ष सिलवालले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *