काठमाण्डौका यी घरधनी, जसले कोरना भाइरससंग लड्न क्वारेन्टाइनको लागि आफ्नो घर नि:शुल्क दिदै !

0
12

काठमाडौं । विश्वमा कोरोना भाइरस को त्रास फैलिरहेको बेलामा नेपालमा पनि सजगता अपनाइएको छ । नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नदेखिएपनि भित्रिन नदिन सावधानी अपनाइएको छ ।

सरकारले औषधी र अस्पतालको ब्यवस्था गरेको जनाएको छ । सरकारलाई कोरोना विरुद्ध सजगता अपनाउन सहयोग गर्दै स्थानिय तवरवाट पनि आह्रवान हुन थालेको छ । काठमाडौंमा हुन सक्ने कोरोनाको संक्रमणवाट बचाउन काठमाडौंका २ जना घरधनीहरुले आफुहरुको घरलाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई आह्रवान गरेका छन् ।

कोरोना विरुद्धको लडाई सरकारको मात्र नभएर सर्वसाधारणको पनि दायित्व भन्दै उनीहरुले आफ्ना घरलाई क्वारेन्टाइनक रुपमा प्रयोग गर्न आह्रवान गरेका हुन् । कोरोनाको आशंका गरिएका ब्यक्तिलाई १४ दिन सम्म राख्न आफ्ना आलिशान भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् ।

काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतमले यस्तो आह्वान गरेका हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसवुकमा आफ्ना ति घर सार्वजनिक गर्दै क्वारेन्टायनमा बस्न निशुल्क रुपमा उपलब्ध गराउने बताएका छन् । आलिशान देखिने ति घर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेका हुन् ।

काठमाडौंको सिफल स्थित आफनो आलिशान घर देखाउँदै चिराग गोयलले फेसवुकमा लेखेका छन्, ‘यो सिफल, काठमाडौंमा रहेको हामो खाली घर हो । एक विदेशीले काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा रहेको पोस्ट देखे,’ ‘त्यसैले हामीले हाम्रो घरलाई १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहन (बस्न) दिने निर्णय लिएका छौं ।’

गोयलले आफ्नो घरमा ९ वटा कोठा रहेको र २ वटा छतहरुलाई पनि कोठा बनाउन सकिने पनि उल्लेख गरेका छन् । उनले कोरोना भाइरससँग लड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताएका छन् । उनले अझै अगाडी बढेर भनेका छन् कोरोनासंग जुध्नका लागि सरकारले चाहे आफ्नो खाली घरलाई अस्थायी अस्पताल बनाउन चाहे पनि उपलब्ध गराउन चाहन्छु ।

यस्तै काठमाडौंकै अर्का घरधनी लालचन्द्र गौतमले पनि आफ्नो कुलेश्वरमा रहेको आफ्नो खाली घरलाई पनि क्वारेन्टायनका लागि प्रयोग गर्न सकिने बताएका छन् । विक्रीका लागि राखेको घर अहिले खाली छ । त्यसैले त्यो घर पनि क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

गौतमले आफ्नो घरमा ३ वटा फ्लोरमा २ वटा वेडरुम सहितको कोठा, २ वटा किचेन र २ वटा लिभिङ रुम रहेको उल्लेख गरेका छन् । ‘मलाई थाहा छ नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन, त्यसैले म आफ्नो घर अस्थायी अस्पतालको लागि निःशुल्क उपलब्ध गराउन चाहन्छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घर हामी कोरोना भाइरस मुक्त नेपाल भए पछि मात्र बिक्री गर्ने छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here