सिपिएल : सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं, १९ भदाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो । पराजय भएसँगै बार्बाडोस अन्तिम खेल खेल्नुअघि बाहिरिएको छ। यसअघि जमैका तलावाजविरुद्धको खेल वर्षका कारण रद्द भएपछि सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्स पनि बाहिरिएको थियो । बार्बाडोस र सेन्ट किट्स बाहिरिएसँगै अंक तालिकाको चौथो स्थानको जमैका सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

वर्षाको कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाडेका थिए। ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको अवस्थामा वर्षा हुँदा खेल रोकिएको थियो ।

जमैकाले ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिज सहित सात अंक जोड्दै चौथो स्थानमा छ । लिगमा बार्बाडोस र जमैकामध्ये १ टिम मात्र सेमिफाइनल पुग्ने अवस्थामा जमैकालाई अबको १ खेल जिते सेमिफाइनल पुग्न पर्याप्त हुनेछ ।

जमैकासँगै शीर्ष स्थानको ट्रिन्बागो नाइट राइडर्स, दोस्रो स्थानको गुयना र तेस्रो स्थानको सेन्ट लुसिया पनि सेमिफाइनलमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *