फेरि अध्यक्ष प्रचण्डको कुर्सी फेरियो! प्रचण्डको कुरै सुन्न छोडे ओलीले

0
36

काठमाडौं, चैत ५-‘तपाईंहरूको दबाब भनौं कि सदासयता मानौं, कार्यकारी अध्यक्षका रूपमा काम गर्ने भन्ने ९कुरा०भयो। तर अहिले लाग्दै छ, म कार्यकारी हुँ कि होइनरु’

अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो सुनाएपछि एकापसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन।

‘त्यही त के गरेको होला यस्तोरु’ एक जना नेताले आश्चर्य त प्रकट गरे, तर आश्चर्यमा सबभन्दा बढी प्रचण्ड नै परेका छन् भन्ने भावले बुझाउँथ्यो। उनले भने, ‘वामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको हो। तर आजसम्म कार्यान्वयन हुन सकेन।’

खुमलटारको बुझाइअनुसार सभामुख चयन र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्दा आफू घेराबन्दीमा परेको महसुस गर्नाले प्रचण्डमा निहित कार्यकारी अध्यक्षको भूमिका खोसिएको हुनुपर्छ, आज चैत ५ बुधबारको जनआस्थाले लेखेको छ।

त्यसपछिका बैठकमा अरूलाई जस्तै प्रचण्डलाई पनि बोलाइने, प्रधानमन्त्रीले आफ्नान कुरा सर्तीसर्ती राख्ने र ‘आज कुरा यत्ति हो’ भनेर बैठक टुंग्याइदिने चलन चल्यो१ प्रधानमन्त्रीले नै बैठक टुंग्याइदिएपछि सचिवालय सदस्य जर्‍याकजुरुक उठ्ने नै भए।

‘हैन, हैन कुरा बाँकी नै छ’ भन्दा पनि नसुनेझैं प्रम बाटो लाग्नुभएकामा प्रचण्डको चित्त दुखाइरहेछ।

सभामुख चयनपूर्व प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने भनियो। उनले धुम्बाराहीमा एउटा सचिवालय र एउटा स्थायी कमिटी बैठकको एकल अध्यक्षता पनि गरे। तर त्यसपछि मौकै दिइएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here