अनुसन्धानकर्ताको चेतावनी : सावधानी नअपनाए कोरोनाबाट २२ लाख अमेरिकीको ज्यान जान सक्छ

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाको वेस्ट भर्जिनिया राज्यले मंगलबार पहिलो कोरोना भाइरस संक्रमण पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोेरोना संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए ।

बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १०९ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ । अमेरिकामा मंगलबार मात्रै थप २३ जनाको मृत्यु भएको छ भने थप एक हजार ८ सय ५ जनामा संक्रमण देखिएको छ ।

अहिले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ अमेरिकामा आउने महिनाहरूमा थप सर्तकता नअपनाए स्थिति भयाभय हुने अनुसन्धान कर्ताहरुले चेतावनी दिएको छ । जुनको मध्यदेखि मात्र यसको संक्रमणमा कमी आउने अनुसन्धाकर्ताले जनाएका छन्।

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी जनाए कोरोना भाइरस नियन्त्रणमा राज्य र नागरिकबीचमा आवश्यक सर्तकता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्।

अमेरिकाले ५० वटै राज्यमा तिव्रगतिमा फैलिएको कोभिड–१९ नियन्त्रण गर्न आफ्ना नागरिकलाई सार्वजनिक जमघटमा थप कडाइ गरिएको छ। आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिए पनि अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

सिडिसीकै अध्ययन अनुसार कोरोनाबाट हुन सक्ने मानवीय क्षति अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ।

कोरोना भाइरसको विस्तारलाई कम गर्न सार्वजनिक यातायात कम गर्ने, विद्यालय, सिनेमा हल, रेष्टुरा बन्द गर्ने, सार्वजनिक जमघटलाई दुरूत्साहित गर्नेलगायतका उपाय अपनाउन सुझाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *