वास्तुशास्त्रका अनुसार यी ८ उपाय अपनाए चम्किनेछ तपाईंको भाग्य

0
8

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ ।

झ्याल ढोकाको सफाइ घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ। यी कुरा फो’हर हुँदा धनप्राप्तिमा बा’धा पुग्छ ।

मुख्यद्वारको सजावट  घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ। अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

चराहरूलाई दानापानी दिन डुँड घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ।

प्याजी रंग : घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन।

>पर्खालको मोटाइ घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ ।

सडकभन्दा अग्लो हुनुपर्छ जमिन घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक सं’कट आउँछ ।

दक्षिण पश्चिममा अग्ला रुख घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दु’र्भाग्यलाई ह’टाउँछन् र परिवारमा सं’कटलाई पनि ढिम्किन दिँदैनन् ।

घरको बीच भाग खालि राख्ने घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्ष कहाँ राख्ने भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

त्यसैगरी पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

त्यसैगारी तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको शुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुआत गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बुधबार भ्रमण वर्षको शुरुआत गर्दै सरकारको अभियानमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षको सन्दर्भमा सिद्धगुफा विकास समितिले राखेको कार्यक्रम राम्रो छ । सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्ने हो भने सरकारको अभियान सफल हुन्छ ।” भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धनमा नगरपालिका जुटेको बताउनुभयो ।

धेरैभन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्यसहित गुफाबाटै भ्रमण वर्षको शुरुआत गरिएको समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणसमेत गरिएको छ । भ्रमण वर्षमा यस ठाउँमा करीब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने विकास समितिले जनाएको छ ।

धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतिक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सक्दछन् । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने सो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

जिदीखोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here