आज देखि २५ जनाभन्दा धेरै भेला हुन नपाउने, जिम र फिल्म हल बन्द गरिने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – सरकारले कोरोना भाइरस ( कोभिड-१९) रोकथामको लागि विभिन्न आदेश जारी गरेको छ ।

कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको सङ्क्रमण रोकथामको लागि फिल्म हल, जिम सेन्टर, रङ्गशाला, पौडी पोखरी, डान्सबार र क्लबहरु बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक कामबाहेक नागरिकलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । धार्मिक, सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाइएको छ । यसको अनुगमन गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले गर्नेछन् ।

गाडीमा भिडभाड नगर्न, क्षमताभन्दा धेरै यात्रु नबोक्न र गाडी चलाउनुअघि गाडीमा किटाणु मार्ने औषधि छर्न सरकारले निर्देशन दिएको छ ।

युरोपका सबै देश, पश्चिम एसिया, खाडी देश, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने यात्रु र ती देशलाई ट्रान्जिट बनाएर आउने सबै यात्रुलाई २० मार्चदेखि प्रतिबन्ध लगाउने निर्णयपनि समितिले गरेको छ ।

एसईई परीक्षाबाहेक बालविकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयको पढाइ चैत मसान्तसम्म रोक्न पनि सरकारले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *