विवाहको ३ वर्षपछि आमा बन्दै अनुष्का, भन्छिन- ‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन’

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २९ भदौ । अत्रिनेत्री अनुष्का शर्मा विवाहको ३ वर्षपछि आमा बन्ने भएकी छन् । यस खुसीको खबरमा विराट कोहली र अनुष्का निकै उत्साहित छन् । यसैक्रममा अनुष्काले बेबी पम्पको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आमा बन्नुको अनुभव सेयर गरेकी छन् ।

इन्स्ट्रामा सेयर गरेको तस्बिरमा उनी समुन्द्रको नजिक देखिएकी छन् । जसमा उनले लेखेकी छन् –‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन । यो आफ्नो अधिनमा हुँदैन किन ?’ अनुष्काले सार्वजनिक गरेको तस्बिर समाजिक सञ्जालमा भाइरल भएको छ । जहाँ आफ्नो साथी तथा कलाकारले पनि शुभकामना दिएका छन् । साथै विराटले कमेन्टमा लेखेका छन् –एकै साथमा मेरो दुनियाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *