हिमालय क्षेत्र सफा राख्न अन्तर्राष्ट्रिय सम्मेलन

0
34

काठमाडौं : हिमालय क्षेत्रमा बढ्दै गएको फोहोर, पर्वतारोहीको बढ्दो चाप र अन्य कारणले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधानबारे सम्मेलन हुने भएको छ। ५औं सस्टेनएबल समिट्स कन्फेरेन्स २०२० मा नेपालको हिमालय क्षेत्रमा देखिएका समस्याबारेमा वृहत

छलफल हुने लागेको हो। आगामी जुन १ देखि ५ तारिकसम्म सञ्चालन हुने सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० ले संयुक्त आयोजना गर्दै छन्। सम्मेलनको इसिमोड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व वन्यजन्तु कार्यक्रम, पेजल फाउन्डेसनलगायत संस्था सहआयोजक रहनेछन्।नेपाल भ्रमण वर्ष २०२० को लक्षित पर्यटक संख्या हासिल गर्न पनि यस सम्मेलन सहयोग गर्ने अपेक्षा लिइएको छ।

४ मुख्य शीर्षकमा विभाजन गरिने कार्यक्रममा २ सयभन्दा बढी विदेशी सहभागिता रहनेछ। नीतिगत सुधार गर्दै नेपालको ७० वर्षको पर्वतीय पर्यटन अनुभव विश्वलाई सुनाउने मदत गर्ने आयोजकको अपेक्षा छ।कार्यक्रममा न्यूजल्यान्डका पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पूर्वप्रशासक हेलेन क्लर्कले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्। यस्तै पर्वतारोही सर क्रिस बोनिनटन र रेनहोल्ड मेसनर र टेलिभिजन एडभेन्चर बेन फोगलको पनि सम्बोधन रहने कार्यक्रम छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले हिमालय क्षेत्र सरसफाइमा ध्यान दिनुपर्ने बताए। बोर्डले ३० हजार अमेरिकी डलर बराबरको रकम हिमालय क्षेत्र सफाइका लागि छुट्टाएको बताइएको छ। हिमालय क्षेत्र सफाइ अभियानलाई प्रभावकारी रूपमा अघि लैजान सरकारले नीतिगत रूपमा नै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले मन्त्रालयगत समन्वय नहुँदा पर्यटन क्षेत्रको विकासमा समस्या आइरहेको बताए। हिमालय क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्ने सम्बन्धमा यो सम्मेलनले ठोस निर्णय गर्न सक्नुपर्ने उनको सुझाव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here