आमा र सासु आमाको बिचमा प्रियंका, भन्छिन् ‘गर्भवती भएकी छैन’

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की सामाजिक संजालमा औधि सक्रिय सुन्दरी हुन् । सुन्दरी नायिका प्रियंका विबाहपछि पनि सामाजिक संजालमा सक्रिय छन् । उनले पछिल्ला दिनमा परिवारसँगका पारिवारिक तस्विरहरु सेयर गर्दै आएकी छिन् ।

आफ्नी आमा र सासुआमाको बिचमा बसेर प्रियंकाले खिचाएको तस्विर सेयर गरेकी छिन् । केहीदिन अघि पति आयुष्मान देशराज जोशीसँगै लाइभमा आएर प्रियंकाले फ्यानले सोधेका प्रश्नको उत्तर दिँदै नायिका कार्कीले आँफु गर्भवती नभएको स्पष्ट पारेकी थिइन् ।

प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो रु भन्ने प्रश्नमा भिडियो मार्फत उत्तर दिँदै प्रियंकाले उत्तर दिए लगत्तै फ्यानले नायक आयुष्मान देशराज जोशीसँग कसरी प्रेम भयो ? भनेर सोधेको प्रश्नमा पनि उनले कुनै योजना बिना नै यत्तिकै माया बसेको भन्ने प्रतिक्रिया दिएकी छिन् ।

भिडियोमा उनले भनेकी छिन् ‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु आयुष्मानले मलाई स्न्यापच्याटमा जिस्काउँथे उनले भनिन् । यो लोकप्रिय जोडीले गत वर्षको फागुनमा धुमधामसँग विबाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *