पूर्वअर्थमन्त्री डा.खतिवडा मन्त्रीसरहको सुविधासहित प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीकै अनुसार सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

कार्यकाल नथपिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । राष्ट्रियसभा सदस्य हुँदा २ वर्ष अर्थमन्त्री बनेका खतिवडा सांसदको पदावधि सकिएपछि पनि ६ महिनाका लागि अर्थमन्त्री भएका थिए ।

राष्ट्रियसभामा पुनः सिफारिस गर्ने चर्चा चले पनि सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाको सांसद हुने बाटो सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *