फ्रान्सबाट काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना भेटियाे, परिवारै क्वारेन्टाइनमा

0
44

पालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन्। सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन्।

संक्रमित ती व्यक्ति फ्रान्सबाट काठमाडौं आएकी मन्त्रालयले जनाएको छ। फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here