दाङमा दुनियाँ रुवाउने घटना : ख्याल नगर्दा ३ बच्चाको एकै ठाउँ मृत्यु [ सचेत रहनुहोस् ]

  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कुलोमा करेन्ट लागेर ३ जना बालबालिकाको मंगलबार दिउँसो मृत्यु भएको छ । ख्याल नगर्दा यस्ता घटना धेरै हुँदै आएका छन् । कहिले कुलोमा, कहिलो खाल्डोमा त कहिले यस्ता मानव निर्मित दुर्घटनामा बालबालिका परिरहेका हुन्छन् ।

आज मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन् । अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा करेन्ट लाग्दा ती बालबालिकाको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गत बर्ष रौतहटमा सडक छेउमा बनाएको खाल्डोका कारण आधा दर्जन बालबालिकाले ज्यान गुमाएका थिए । घर आसपास बनाइएका मानव निर्मित अनेक निर्माणले बालबालिकाको मृत्यु भइरहेको छ । बालबालिका अवोध हुन्छन् । उनीहरु थाहा पाउँदैनन् । खेल्ने क्रममा उनीहरु त्यस्तो ठाउँमा पर्ने गर्दछन् । यसैले यस्ता संरचनामा विशेष निगरानी राख्नुहोस् । आफ्नो बच्चाका लागि घर परिवार टोल छिमेक सचेत रहनुहोस् ।

३ जना युवती २ जना पुरुष मृत अवस्थामा फेला

काठमाडौ । उदयपुर, रौतामाई गाउँपालिका–७ बस्ने ६० वर्षीया तिलमायाँ पुलामी मगर छौडिया खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँस्थित मुरकुच्ची बजारबाट घर जाँदै गरेको अवस्थामा उक्त खोला तर्ने क्रममा मगरलाई खोलाले बगाएश्चात स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा उक्त खोलाको किनारमा उनको लाश फेला परेको हो ।

सिन्धुली, हरिहरपुरगढि गाउँपालिका–६ स्थित क्यानखोलामा सोही गाउँपालिका–८ बस्ने ३० वर्षीया बिबिमाया थिङ मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

तनहुँ, ब्यास नगरपालिका–१ तारी खोलाको किनारमा सोही नगरपालिका–१ हाईस्कुलटार बस्ने करिब १८ वर्षीय आकाश रिजाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, राजविराज नगरपालिका–१५ मुसहरनियास्थित कोशी पम्प नहरको पुलमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कन्चनपुर, भिमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
सिरहा । धनगढीमाई नगरपालिका–१ मेदनी पुलस्थित सडकमा को. २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने खोटाङ हौचुर गाबिस–५ घर भएका ३७ वर्षीय पेशल पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राउ स्मारक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *