डाक्टर दीक्षितलाई धेरै धेरै धन्यवाद !

नारायण गाउँले
यी डाक्टरले तीनचार दिनअघि ख’तराको घण्टी बजिसकेको अनुभव गरे । आफूले लक्षणसहित रिफर गरेको बि’रामीको समेत परीक्षण नभएपछि यिनको मनमा चिसो पस्यो र आफै पत्रकार सम्मेलन गर्न पुगे ।

हामीले उनलाई प’क्रिनुपर्ने र का’रबाही गर्नुपर्ने माग गर्यौं । के बि’र्सियौं भने भोलि स’ङ्क्रमण तीव्र रूपमा फैलियो र हामी थला पर्यौं भने बुढो शरीर लिएर पनि मैदानमा बचाउन निस्किने यिनै डाक्टरहरू हुन् । उनले अनुचित र आधारहीन केही भनेका थिएनन् । नेपाल कोरोनाभा’इरसले भ’रिइसक्यो भनेका थिएनन् । बोर्डर बन्द गर्न, बढ़ीभन्दा बढ़ी परीक्षण गर्न र शुरुमैं यो स’ङ्क्रमण रोक्न सरकारलाई सचेत गराएका थिए । उनले प्रोफेशनल्ली दिन मिल्ने जति सूचना र उदाहरण प्रस्तुत गरेका थिए । दिनहुँ दर्जनौं बि’रामी हेर्ने डाक्टरसँग भन्दा हामीसँग बढ़ी सूचना छ जस्तो हामीलाई लाग्यो ।हामीले र सरकारकै केही सदस्यले माग गरेझैँ इगो साधेर डाक्टरलाई थु’नेको भए र चुप लागेर बसेको भए अवस्था कस्तो हुँदो हो ? बाहिर जे भनिए पनि उनलाई सुनेपछि भित्रभित्रै सबैको मनमा चिसो पस्यो । रातारात सबै ता’त्तिए । सरकार थप एउटा केस पनि नभेटिँदै लकडाउनको कठोर निर्णयमा पुग्यो । प्रयोगशालाले बल्ल आवश्यक जनशक्तिका लागि विज्ञापन गर्यो । अहिले डाक्टर सही रहेछन् भन्ने धेरैलाई लागेको छ । चीनले पनि शुरूमा यस्तै ग’ल्ती गरेको थियो । झन्डै तीन महिनापछि उसले माफी माग्यो ।

हल्ला भएपछि अहिले बल्ल थाहा भयो, हामीसँग पर्याप्त जाँच गर्ने किट्स पनि छैनन्, जनशक्ति पनि छैन । तीन करोड़ जनसङ्ख्याका लागि जम्मा एउटा प्रयोगशाला छ । बोर्डरमा जाँच होइन, तमासामात्रै छ । हस्पिटलमा तालिमप्राप्त स्वास्थ्यकर्मी र अत्यावश्यक पीपीई पनि छैन । तर कम्तिमा यो सार्वजनिक सङ्ज्ञानमा आइसकेकाले अझै बितेको केही छैन । धेरै जसो जनता घरभित्रै छन् । अब जे छैन त्यतातिर ध्यान दिने हो भने अहिलेसम्म बल हाम्रै कोर्टमा छ । श’ङ्का लागेजतिलाई परीक्षण गरिहाल्ने र अलग गर्ने हो भने सजिलै चेन-ब्रेक हुन सक्छ । आशा छ, सरकार त्यही दिशातिर अघि बढ्दै छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *