३ जना युवती, २ जना पुरुष मृत अवस्थामा फेला

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । उदयपुर, रौतामाई गाउँपालिका–७ बस्ने ६० वर्षीया तिलमायाँ पुलामी मगर छौडिया खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँस्थित मुरकुच्ची बजारबाट घर जाँदै गरेको अवस्थामा उक्त खोला तर्ने क्रममा मगरलाई खोलाले बगाएश्चात स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा उक्त खोलाको किनारमा उनको लाश फेला परेको हो ।

सिन्धुली, हरिहरपुरगढि गाउँपालिका–६ स्थित क्यानखोलामा सोही गाउँपालिका–८ बस्ने ३० वर्षीया बिबिमाया थिङ मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

तनहुँ, ब्यास नगरपालिका–१ तारी खोलाको किनारमा सोही नगरपालिका–१ हाईस्कुलटार बस्ने करिब १८ वर्षीय आकाश रिजाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, राजविराज नगरपालिका–१५ मुसहरनियास्थित कोशी पम्प नहरको पुलमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कन्चनपुर, भिमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
सिरहा । धनगढीमाई नगरपालिका–१ मेदनी पुलस्थित सडकमा को. २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने खोटाङ हौचुर गाबिस–५ घर भएका ३७ वर्षीय पेशल पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राउ स्मारक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *