कोरोना सं’क्रमण रोक्‍न काठमाडौंमा औषधि यसरी छर्किन थालियो

काठमाडौं। कोरोना भा’इस रोकथाम गर्न काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) की’टनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गइरहेको कोरोना भा’इरसको सं’क्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।’काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत की’टना’शक औषधि छर्किने छ ।

काठमाडौं महानगपालिकाले बढी भीडभाड हुने भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजार, वीर अस्पताल अगाडिलगायतका स्थानमा आजबाटै कीटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको छ,’ मेयर शाक्यले भने, ‘सार्वजनिक स्थानमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ।’काठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीनवटा ट्याङ्करमार्फत की’टनाशक औषधि छर्किने मेयर शाक्यले जानकारी दिए।

नेपाल लकडाउन
निर्णयहरु:-

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

यस्तै,हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *