फ्रान्समा पनि कोरो’नाका कारण ज्यान गुमाउनेको संख्या चीनमा भन्दा बढी, एकै दिन ५ सयको मृ;त्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ चैत । यूरोपेली देश फ्रान्समा कोरो’ना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५३२ पुगेको छ । यो संख्या कोभिड-१९ को उद्गमस्थल चीनमा भन्दा पनि बढी हो । चीनमा हालसम्म यो भाइरसका कारण कारण ३ हजार ३०५ ले ज्यान गुमाएका छन् ।

युरोपेली मुलुक इटलीमा अहिले विश्वकै सबैभन्दा बढी व्यक्तिले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । त्यसपछि काेभिड-१९ बाट स्पेन र अमेरिकामा सबैभन्दा बढी मृ’त्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म फ्रन्समा ५२ हजार १२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

फ्रन्समा पछिल्लो २४ घण्टामा मात्र ४९९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एकै दिनमा ७ हजार ५७८ जनामा यो भाइ’रसको नयाँ संक्र’मण देखिएको छ । तर स्पेनमा ९ हजार ४४४ जना भने पूर्णरूपमा निको पनि भइसकेका छन् ।

अहिले फ्रन्समा ३९ हजार १६१ जानमा कोरो’ना सक्रिय रहेछ । तीमध्ये ५ हजार ५६५ जना भने ग’म्भीर अवस्थामा रहेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *