नेपालगन्ज मेडिकल कजेजमा मृ’त्यु महिलामा कोरोना पुष्टि

0
26

केको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । यो संख्या जोड्दा ज्यान गुमाउनेको संख्या २० पुग्छ ।

विश्वभर कोरोनाबाट साढे ८२ लाख संक्रमित हुँदा निको हुने ४३ लाख नाघे

विश्वभर कोरोना भाइरस संक्रमितहरु साढे ८२ लाख पुगेका छन् ।

नेपाली समयअनुसार आज विहान ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५६ हजार ६ सय ५९ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४५ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ४३ लाख ०६ हजार ४ सय ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
२०७७ साल आषाढकृष्णपक्ष असार ३ गते बुधवार योगिनीएकादशी तिथी अश्विनी नक्षत्र चन्द्रमा मेष राशिमा

मेष : व्यपारमा सोचेभन्दा राम्रो आम्दानी हनेछ भने जागिरमा तनावको समय देखिन्छ । लागानि गर्ने अवसर प्राप्त हुनेछ तर सतर्क भएर विचार गरेर गर्नु राम्रो हुनेछ । सामान्य स्वास्थ्य समस्या हुनेछवृषः नयाँ जागिर पाउने वा जागिरमा पदोन्नति तथा सरुवा हुने सम्भावना देखिन्छ । घर परिवारमा मन रमाउनुका साथै नँया व्यत्तिसँगको भेटले मन प्रसन्न रहने छ ।

मिथुनः दाजुभाइ दिदी बहिनी सँगको सम्वन्धमा मधुरता छाउनुका साथै विदेशयात्रा वा स्वदेश आउन सकिन्छ । आर्थिक लाभको समय छ भने फसेको पैसा वा अचल धन आउने छ ।

कर्कट : काममा वाधा आउने छ घर परिवारमा कसैको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा मनमा खिन्नता छाउन सक्छ । व्यपारमा केहि मध्यम हुनेछ । मांगलिक कर्यहुने सम्भावना देखिन्छ ।

सिंह : भाग्यले साथ दिनेछ भने भाग्यमा रोकिएको वस्तु प्राप्त हुनसक्ने छ । अचल सम्पत्ति किन वेच गर्न सक्ने समय छ । अकाल्पनिक धन आगमन हुन सक्नेछ तर स्वास्थ्यमा सामान्य समस्या भने हुने छ ।कन्याः अपरझट र अकाल्पनिक धन वा जागिरमा खुसिको कुरा सन्न पाउन सकिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनुका सार्थ अविवाहित व्यत्तिहरुको विवाह हुन सक्नेछ ।

तुला : दाम्पत्य जीवन वा प्रेम सम्वन्धमा सामान्य मन मुटाव हुन सक्छ सतर्क रहनु होला वहुमुल्य वस्तु हराउन सक्ने छ । व्यपारमा भने राम्रो धन आगमन होला ।

वृश्चिक: शत्रु वृद्धिभएर जानेछन् भने शत्रुको कारण महत्वपूर्ण काममा वाधा आउने छ । घर परिवारमा पनि मन मुटावको सम्भावना देखिन्छ । अध्यन क्षेत्रमा भने मन लाग्नेछ ।

धनु :अध्यक्षेत्रमा सफलता हात पर्नुका साथै विदेश जान पाउन सक्ने समय देखिन्छ । साथीभाइ सँगको भेटले मन प्रसन्न हुनुका साथै साथी सँगमिलेर गरेको काममा सफलता हात पर्ला ।

मकर :आमाको स्वास्थ्यलाइ लिएर समस्यामा पर्न सकिने छ । दौड धुप धेरै हुन सक्छ । शारिरिक थकानले सताउने छ भने आर्थिक हानिको समय देखिन्छ ।

कुम्भ : विदेश क्षेत्रवाट हुने काम वा आउने धन मा समस्या देखिन सक्नेछ । तर कृषि क्षेत्र वा विउ विजनको क्षेत्रमा सफलता हत पर्ने दखिन्छ । मांगलिक कार्यमा सरिक हुन पाइने छ ।

मीन : अचल सम्पत्तिको किनवेच हुन सक्नेछ । जागिरमा प्रसंशा प्राप्त हुनुका साथै पदोन्नतीको सम्भावना छ । यात्रा गर्दा सतर्क रहनु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here