कक्षा ११ पनि एसईई जस्तै विद्यालयकै मूल्याँकनबाट, १२ को परीक्षा अनुकुल समयमा

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कोरोना भाईरस (कोभिड – १९) को जोखिमका कारण अन्योलमा परेको कक्षा ११ को अन्तिम परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा गरिने भएको छ ।

आगामी बर्षको बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा जारी छलफलमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयकै आन्तरिक मूल्याँकनका आधारमा उक्त विषय सम्बोधन गर्ने गरी मन्त्रालयले चाँडैनै निर्णय गर्ने बताएका हुन् ।

परिवेश अनुकूल कुनै पनि माध्यमबाट सिक्नसक्ने गरी सिकाइ निरन्तरताका लागि गरिएको आह्वानअनुसार अधिकांश स्थानीय तहमा कार्यक्रम अघि बढेको छ । यस कार्यक्रममलाई १५ दिनको समीक्षा गरी थप ढाँचाबारे निर्णयमा पुगिनेछ’, उनले भने, ‘हालको विशिष्ट स्थितिलाई ध्यानमा राखी कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको तयारी भइरहेको छ र स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षाबारे उपयुक्त समयमा सञ्चालन गर्न विश्वविद्यालयहरुले गृहकार्य गरिरहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *