स्वर्गीय शेर्पाको उच्च सम्मानका साथ बिहिवार अन्त्यष्टी गरिदै

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष स्व.ङिमा दोर्जी शेर्पाको बिहिबार बिहान अन्त्येष्टी गरिने भएको छ ।
अन्त्येष्टी पुर्व बिहान ७ बजे देखि ९ बजे सम्म श्रद्धाञ्जलका लागि राखिने र ९ बजे बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिने गाउँपालिका कार्यबाहक अध्यक्ष टाशिल्हामु शेर्पाले जानकारी दिनुभयो ।
अन्त्येष्टी कार्यक्रममा सहभागी हुन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित बिशिष्ट व्यक्तिहरु अहिले लुक्ला आईसक्नुभएको छ ।
कार्यबहाक अध्यक्ष शेर्पाका अनुसार सोलुखुम्बुका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (सुरवीर), प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम कुमार बस्नेत पनि लुक्ला पुग्नुभएको छ ।
यस्तै नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थपन समितिका अध्यक्ष सोनाम शेर्पा, नेकपा सोलुखुम्बुका जिल्ला कमिटी सदस्यहरु, जनप्रतिनिधी लगायत् स्थानीयको समेत सहभागीता रहने छ ।
अध्यक्ष शेर्पाको पार्थिव शरिरमा नेकपा र खुम्बु पासाङल्हामु गाउँपालिकाको झण्डा ओढाएर उच्च सम्मान व्यक्त गर्ने कार्यक्रम रहेको उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *