अदुवा चिया र गुर्जो सेवनले ठीक भयो को’रोना [जानकारीको लागी सबैलाई शेयर गरौँ]

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै को’रोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् । ‘‘खानपान र व्यायामले नै को’रोना जितियो,’’ अस्पतालबाट बाहिर आएका एक सुरक्षाकर्मीले खुसी हुुँदै सुुनाउनुुभयो ।महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) र जवान गरी दुईजनामा ११ दिनअघि को’रोना सं’क्रमण देखिएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी वलको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उहाँहरूले खानपान र व्यायामबाटै कोरोनासँग युुद्ध जित्नुुभएको हो । अस्पताल बसाईको १० दिनपछि उहाँहरू घर फर्किनु भएको छ । हामीले तातोपानी, कालो चिया र शारीरिक ब्यायाम गरेर को’रोनालाई जितेको अनुुभव सुनाउनुभयो ।

‘‘रिपोर्ट पोजेटिभ आएको दिन तनाव भयो, अस्पतालमा भर्ना भइसक्दा पनि निद्रा नै परेन, आफैले आफैलाई ढाडस दिदै साता दिनमै को’रोना जित्नु पर्छ भन्ने उच्चमनोवलका साथ बस्दा पहिलो रिपोर्ट नेगेटिभ आएपछि आशा पलायो’’, नायव निरीक्षकको भनाइ छ ।

सशस्त्र प्रहरी अस्पतालका चिकित्सक प्रहरी उपरीक्षक प्रवीन नेपालले प्रायः विरामीमा लक्षण नदेखिने भएकाले अरू औंषधि चलाउनुु पर्ने अवस्था नआएको बताउनुहुन्छ । अस्पतालमा भर्ना भएका १६ जना मध्ये चारजना सुरक्षाकर्मी र एक सर्वसाधारण निको भएर फर्किसकेका छन् ।

नेपाली सेनाका उपरथी, सैनिक चिकित्सक शुक्रवार र प्रहरीका सई र जवान शनिवार घर फर्किनु भएको हो । सरसफाईका अतिरिक्त नियमित तातोपानी, सादा खाना, नियमित ब्यायम, मरिच, टिमुर, अदुवा हालेको चिया र गुर्जो खाएर रोगलाई जितेको बताएका हुन ।

सरसफाईका अतिरिक्त नियमित ब्यायम, शुद्ध खाना, घरेलु जडिबुटी खान प्रोत्साहन गर्ने गरेको पाइएको छ । नियमित औषधि सेवन गरिरहेकाहरूलाई सोही औषधि र लक्षण देखिएकाहरूलाई लक्षणको प्रकृति अनुसार, औषधि सञ्चालन गर्ने गरेको जानकारी चिकित्सकले दिएका हुन ।

प्रहरी कार्यालयको सील खुल्यो
उहाँहरूमा को’रोना स’ङक्रमण पुष्टि भए लगत्तै सिल गरिएको कालीमाटी प्रहरी वृत्तमा कार्यरत २२५ जना प्रहरी कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुँवरले सील गरिएको वृत्तलगायतका कार्यालयहरू आइतवारबाट नियमित रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

नेपाली सेनाको आठ, प्रहरीको २०, सशस्त्र प्रहरीको चार र राष्ट्रिय अनुसनधान विभागको एकजना गरी ३३ जना सुरक्षाकर्मीमा कोरोना सङक्रमण देखिएकोमा पाँचजना उपचारपछि निको भएर घर फर्किएका छन् । को’रोना भा’इरस म’हामारी रोकथाम तथा नियन्त्रणको अग्रस्थानमा खटिएका सुरक्षाकर्मीमा को’रोना सं’क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप स’तर्कता अपनाएको छ । -गोरखापत्र दैनिक

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *