दुई दिनदेखि व्यथा लागेकी २० वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरकोट, ४ असार- कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा गाउँपालिकाको आर्थिक सहयोगमा आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमान् सुरेन्द्र बस्नेतका अनुसार उहाँलाई दुई दिनदेखि सुत्केरी व्यथा लागेको थियो । (रासस)

अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै को’रोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् । ‘‘खानपान र व्यायामले नै को’रोना जितियो,’’ अस्पतालबाट बाहिर आएका एक सुरक्षाकर्मीले खुसी हुुँदै सुुनाउनुुभयो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) र जवान गरी दुईजनामा ११ दिनअघि को’रोना सं’क्रमण देखिएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी वलको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उहाँहरूले खानपान र व्यायामबाटै कोरोनासँग युुद्ध जित्नुुभएको हो । अस्पताल बसाईको १० दिनपछि उहाँहरू घर फर्किनु भएको छ । हामीले तातोपानी, कालो चिया र शारीरिक ब्यायाम गरेर को’रोनालाई जितेको अनुुभव सुनाउनुभयो ।

‘‘रिपोर्ट पोजेटिभ आएको दिन तनाव भयो, अस्पतालमा भर्ना भइसक्दा पनि निद्रा नै परेन, आफैले आफैलाई ढाडस दिदै साता दिनमै को’रोना जित्नु पर्छ भन्ने उच्चमनोवलका साथ बस्दा पहिलो रिपोर्ट नेगेटिभ आएपछि आशा पलायो’’, नायव निरीक्षकको भनाइ छ ।

सशस्त्र प्रहरी अस्पतालका चिकित्सक प्रहरी उपरीक्षक प्रवीन नेपालले प्रायः विरामीमा लक्षण नदेखिने भएकाले अरू औंषधि चलाउनुु पर्ने अवस्था नआएको बताउनुहुन्छ । अस्पतालमा भर्ना भएका १६ जना मध्ये चारजना सुरक्षाकर्मी र एक सर्वसाधारण निको भएर फर्किसकेका छन् ।

नेपाली सेनाका उपरथी, सैनिक चिकित्सक शुक्रवार र प्रहरीका सई र जवान शनिवार घर फर्किनु भएको हो । सरसफाईका अतिरिक्त नियमित तातोपानी, सादा खाना, नियमित ब्यायम, मरिच, टिमुर, अदुवा हालेको चिया र गुर्जो खाएर रोगलाई जितेको बताएका हुन ।

सरसफाईका अतिरिक्त नियमित ब्यायम, शुद्ध खाना, घरेलु जडिबुटी खान प्रोत्साहन गर्ने गरेको पाइएको छ । नियमित औषधि सेवन गरिरहेकाहरूलाई सोही औषधि र लक्षण देखिएकाहरूलाई लक्षणको प्रकृति अनुसार, औषधि सञ्चालन गर्ने गरेको जानकारी चिकित्सकले दिएका हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *