नेपाल र पाकिस्तानले पनि सैन्य जवाफ दिन सक्छन-त्यो भारतका लागि विनाशकारी बाटो हो : चीन

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतसंग सिमाना जोडिएका सबै छिमेकीसंग अहिले भारतको सम्बन्ध चिसिएको छ । कुनै पनि मुलुकसंग भारतको राम्रो सम्बन्ध छैन । पाकिस्तानसंग लामो समय देखि सिमा विवादका कारण लडाई जारी छ भने चीनको सिमाना लपद्दाकमा २० जना भारतीय सेनाको ज्यान जानेगरी भिडन्त भएको छ । नेपालसंग पनि अहिले सिमा विवाद पेचिलो बन्दै गएको छ । नेपालको जमिनमा तिब्बतको मानसरोवर जाने बाटो बनाएपछि नेपालले कडा प्रतिवाद गरेको छ ।

नेपालले पनि भारतद्धारा अतिक्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेको छ । चीनसंगको सिमाना लद्दाकमा वारम्बार झडप जारी छ । यसै विषयमा चीनको सरकारी धारणा सार्वजनिक गर्ने समाचार माध्यम ग्लोबल टाइम्सले भारतलाई सबै छिमेकी मुलुकसंग सम्बन्ध नविगार्न भारतलाई चेतावनी दिँदै सम्पादकिय लेखेको छ । भारतलाई अमेरिकाको इसारामा विवाद निम्त्याएको आरोप लगाएको ग्लोबल टाइम्सले भारतसंग विवाद रहेका सबै छिमेकी मुलुक मिलेर सैन्य यु’द्ध गरे भारतलाई अप्ठेरो पर्ने चेतावनी दिएको छ । अमेरिकाको इसारामा चीनविरुद्ध लागेको भन्दै ग्लोबल टाइम्सले भारतका लागि जवाफी कारबाहीका लागि चीन तयार रहेको बताएको छ ।

भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले यु द्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । ग्लोबल टाइम्समा लेखिएको छ, कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । सम्पादकीयमा लेखिएको छ त्यस्तो अवस्था आयो भने भारतको विनासकारी हार हुन्छ ।

भारत र चीनबीच भएको झ डपका विषयमा नेपालले अहिले सम्म सरकारी तवरले कुनै प्रतिकृया जनाएको छैन । तर जनस्तरवाट भने दुवै देशलाई वार्ताका माध्यमवाट समस्या समाधान गर्न आग्रह सहित धर्ना दिइएको छ । काठमाडौंमा भएको धर्नामा अधिकारवादीहरुले शान्तीका पक्षमा लेखिएका प्लेकार्ड बोकेका थिए । लद्दाकमा भएको भिडन्त पछि उत्पन्न तनाव वार्ताबाट समाधान गर्न माग गरी शान्ति समाजले धर्ना दिएको हो । भारत र चीन दुवै देशले आफूहरु वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *