भारतबाट बाढी आए जस्तो गरी मान्छे आए, त्यस कारण नेपालमा कोरोना सं’क्रमण ह्वात्तै बढ्यो: प्रधानमन्त्री ओली

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट बाढीको रुपमा नेपाली नागरिक स्वदेश फर्किएपछि कोरोना सं’क्रमण बढेको बताएका छन् । बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना सं’क्रमण विश्वमा फैलिएपछि अरु देशमा फाट्टफुटट नागरिक फर्किएपनि हाम्रोमा बाढीको रुपमा आएका कारण सं’क्रमितको सं’ख्या बढेको बताए । उनले भारतबाट चैत महिनामा १२ हजार ६ सय ५७, बैशाखमा ११ हजार ७ सय ४९ जना, जेठमा २ लाख ४१ हजार ८ सय ६२ जना नेपाल आएको बताए ।

यस्तै असार १ गतेदेखि ३ गतेसम्म ३ दिनको अवधीमा मात्रै ७ हजार ५ सय २ जना नेपाल प्रवेश गरेको बताए । जेठ र असारमा दैनिक ७ हजार ८ सय २२ जना नेपाल प्रवेश गरेको उनले बताए । यतिबेला नेपालमा कोरोना परिक्षण दिनमा बढीमा ७ हजारसम्म पु¥याउन सकिएको नत्र ४ हजार ४५ सय हाराहारीमा हुने गरेको बताउँदैं भारतबाट महिनामा साढे २ लाख हाराहारी मान्छे आएका कारण समस्या भएको बताए । उनले परीक्षण क्षमतालाई बढाइरहेको, निकालेको स्वाब परिक्षण छिटो गर्न निर्देशन दिएको पनि उल्लेख गरे ।

एक महिनामा अडाई लाख जनता बाहिरबाट आउँछन् भने उनीहरुको लागि क्वारेन्टाइन स्थापना गर्नु, उनीहरुको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवस्था गर्नु सामान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ । बाहिरबाट भन्नलाई सजिलो भएपनि ति चिजहरुको व्यवस्था गर्न सजिलो नभएको बताउँदै स्थानीय तह गाउँपालिका र नगरपालिकाले क्वारेन्टाइनको व्यवस्थापन, ब्यक्तिगत दुरी कायम गर्ने, सेवा उपलब्ध गराउने जनशक्तिको राम्रो व्यवस्थापन गरेको बताए । विश्वमा कुनैपनि देश कोरोना विरु’द्धको तयारीका लागि नबसेको बताउँदै अरु देशको भन्दा नेपालले राम्रो तयारी गरेको बताए । सरकारले पूर्व तयारी गरेका कारण सं’क्रमितको संख्या बढ्न नपाएको उनले बताए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *