काठमाडौं। गलवान उपत्यकामा भारत र चीनको झ’डप भएपछि चीले भारतलाई क’डा चेता’वनी दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सीमा क्षेत्रमा तना’व बढेमा भारतले चीनका साथै पाकिस्तानी र नेपाली सेनाको समेत द’बाब झे’ल्नुपर्ने चेता’वनी दिएको छ । ग्लोबल टाइम्सले सांकेतिक रुपमा तना’व बढेमा पाकिस्तान र नेपालले चीनको साथ दिने चेता’वनी दिएको हो । सोमबार राती भएको झड’पमा २० जना भारतीय सैनिक नि’धन पुष्टि भएको छ ।चीनतर्फ पनि ठूलै क्ष’ति भएको दा’वी गरिएको छ तर आधिकारिक जानकारी आएको छैन । शांघाइ एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हु झियोंगको लेखमा अगाडि लेखिएको छ ‘अहिले भारतको चीनका साथै नेपाल र पाकिस्तानसँग पनि सीमा वि’वाद चलिरहेको छ । पाकिस्तान र चीनको नतिकको सम्बन्ध छ। नेपाल पनि हाम्रो सहयोगी हो । दुवै देश चीनको वन बेल्ट वन रोड परियोजनाका अंग हुन् ।’ ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र मानिन्छ र यसमा प्रकाशित लेखहरुलाई चीन सरकारको आधिकारिक दृष्टिकोणका रुपमा लिइन्छ ।
झियोंगले अगाडि लेखेका छन् ‘यदि भारतले सीमामा तना’व बढाएमा उसले तीन मोर्चामा सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति क्षमता छैन कि उसले यो दबाबलाई झेल्न सकोस् । यसले भारतको ग’म्भी’र पराजय हुन सक्छ।’
झियोंगका अनुसार चीनले एलएसी बदल्न चाहँदेन। उनले गलवान घा’टीमा भएका घ’टनामा भारतीय सेना जिम्मेवार भएको बताउँदै भारतीय सेनाले नै चिनियाँ सेनालाई उक्साएको आ’रोप लगाएका छन्।
त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।
प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनालेकपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।