सा”र्वजनिक यातायातमा हु’दैछ यस्तो ह’र्कत ! पु’रा पढेर सक्दो शेयर ग’र्नुहोला

0
50

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् । सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठगी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु
काठमाडौं : थापाथली स्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शि’शुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई ज’न्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए। पाँच मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनु अघि नै मृ’,त्यु भइसकेको उनले बताए ।

सुवेदीको नेतृत्वमा श’ल्यक्रिया मार्फत बिहान मृ,त सहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले बताए । जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो । अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।

उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ। सोमबार बिहान ९:४१ मा अपरेसनमार्फत् शिशु निकालिएको डा. सुवेदीले बताए। अपरेसन अघि भिडिओ एक्सरे गर्दा चार शिशु मात्र देखिएका थिए। एक शिशुको मृ,त्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए। पहिलोपटक ग’र्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छ’क्क परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here