कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँसाच्छ्यूँ गरेर उडाइदिनु पर्छ: प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रूघाखोकीजस्तै भएको बताएका छन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने पनि बताए।

प्रधानमन्त्री ओलीले उच्च मनोबल राख्न पनि आग्रह गरेका छन्। ‘उच्च मनोबल राख्नुपर्छ, कोरोना लागिहाल्यो भने पनि लान सक्दैन। त्यो मनोबल राख्नुपर्छ,’ उनले भने।

कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने प्रधानमन्त्रीको भनाइ छ।

कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपालीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि बढी भएको बताउँदै आएका छन्। नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रधानमन्त्रीको तर्क छ।

प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरे।नेपालीहरूमा असाधारण रोग प्रतिरोधात्मक क्षमता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले औषधीजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरे। setopati बाट

नेपालसग पनि सेना छ र हति’यार छ भारतले हेक्का राखोस : चिनियाँ रास्ट्रपति
एजेन्सी । चीनले अमेरिकाको इसारामा आफूवि’रुद्ध लाग्ने भारतका लागि ज’वाफी का’रबाही गर्ने चे’तावनी दिएको छ । ग्लोबल टाइम्सले सम्पादकीय लेखेर ज’वाफी का’रबाहीमा कुनै पनि समय नलाग्ने चे’तावनी दिएको छ । वासिङ्टनले चीनवि’रुद्ध प्रयोग गरेको आशंका चीनले गरेको छ । चीनवि’रुद्ध वासिङ्टनलाई भारत जस्ता देशको आवश्यकता रहेको भन्दै भारतलाई अमेरिकाले प्रयोग गरेको आशंका गरिएको ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख छ ।भारत चीन सीमा क्षेत्रमा चिनियाँ ज’नमुक्ति सेनाका ८१ स’मूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले यु’द्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ ।

चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनवि’रुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका वि’वाद नि’म्ताएको दा’वी गरेको छ । ग्लोबल टाइम्स चीन सरकारको मु’खपत्र हो । यसमा आएको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ । ग्लोबल टाइम्समा लेखिएको छ, ‘कोरोना म’हामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा वि’वाद गरिरहेको छ । पाकिस्तान चीनको वि’श्वसनीय र’णनीतिक सा’झेदार हो ।नेपालसँग चीनको घ’निष्ठ सम्बन्ध छ ।

यी दुई देश चीनको बे’ल्ट एण्ड रो’ड परियोजनामा सा’झेदार हुन् । यदि भारतले सीमा वि’वादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सै’न्य द’बाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सै’न्य द’बाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय वि’नाशकारी हार हुनसक्छ ।’ तीन दिनअघि भारतीय र चिनियाँ सै’निकबीच पूर्वी ल’द्दाखको वि’कट ग’लवान उपत्यकामा हिं’स्रक झ’डप भएको थियो । झ’डपमा २० भारतीय सै’निकको मृ’त्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मा’रिएको दा’वी गरेको छ ।ल’द्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच त’नाव ब’ढ्दै गएको थियो।

भारत-चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झ’डपमा सैनिकको मृ’त्यु भएको हो। झ’डपपछि भारत र चीनले विदेशमन्त्री स्तरीय, सै’न्य क’माण्डर स्तरमा र दूतावासमार्फत पनि वा’र्ता गरिरहेका छन् । तर एकअर्कावि’रुद्ध दुवै देशले सीमा क्षेत्रमा सै’न्य क्ष’मता बढाएपछि थप त’नावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको वि’वादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि ता’निरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *