प्रधानमन्त्री ओलीको साथ छाड्दै गृहमन्त्री बादल, नेकपामा खैलाबैला !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुनः ध्रुवीकरण सुरु भएको छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेताहरूबीच समीकरणमा फेरबदल आउन लागेको हो । यसको संकेत बिहीबार नै उपाध्यक्ष वामदेव गौतमले दिइसकेका छन् । उनले एमसीसीमा आफू प्रधानमन्त्री केपी ओलीको कित्तामा नरहेको स्पष्ट सन्देश दिएका छन् । गौतमकै कारण केही समयअघिको सचिवालय बैठकमा ओली अल्पमतमा पर्नबाट जोगिएका थिए ।त्यसबेला ओलीलाई ईश्वर पोखरेल, गौतम, विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले साथ दिएपछि बहुमत पुगेको थियो ।तर, गौतमले आफूलाई ओलीको कित्ताबाट अलग गरेसँगै उनी पुनः अल्पमतमा पर्ने देखिएको छ । साथै, चाँडै गृहमन्त्री बादलले पनि ओलीको साथ छाड्ने बुझिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई बादलले चाँडै साथ छाड्दै गरेको सूचना दिइसकेका छन् ।

गत शनिबार शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीकै सामुन्ने प्रचण्डले वामदेव गौतम र बादलले तपाईको साथ छाड्दैछन्, चाँडै पार्टीमा सं’कट उत्कर्षमा पुग्ने चेतावनी दिएका थिए । उनले त्यसो भनेको पाँच दिनमै वामदेवले ओलीको कित्तामा नरहेको प्रस्ट पारिसकेका छन् ।

गृहमन्त्री बादलले सं’कटको अवस्थामा ओलीलाई साथ दिए पनि एमसीसी पारित गर्ने विषयमा साथ नदिने बताइएको छ । यदि बादलले पनि साथ छाडे भने ओली साँच्चिकै धर्मसं’कटमा पर्ने निश्चित छ । किनभने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पछिल्लो समय प्रधानमन्त्री ओलीको समन्धमा तिक्तता आएको छ ।

उच्चस्तरीय समन्वय समिति खा’रेजीमा पर्नुको कारण पनि त्यही हो । स्वास्थ्य सामग्री खरिदमा धेरै अनियमितता भएको र त्यसमा रक्षामन्त्री पोखरेलको संलग्नता रहेको आ’शंका बालुवाटारले गरेको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *