नेपालको झण्डा ज’लाउनेको पु’त्ला ज’लाउनु सही की गलत ?

0
20

काठमाडौँ : केहिदिन अगाडी भारतमा नेपालको झण्डा ज’लाएको बिषयको यतिबेला निकै आ’लोचना भैरहेको छ भने देश विदेशबाट वि’रोध समेत भैरहेको छ । नेपालको संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा तथा निशान छाप पारित गरेसँगै भारतमा नेपालवि’रोधी आवाजहरू उठ्न थालेका हुन् ।

आफूलाई अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीनन पार्टीका कार्यकर्ता बताउने इसरार अहमद नामको फेसबुकबाट नेपालको राष्ट्रिय झण्डा ज’लाएको भिडियो सार्वजनिक भएको हो ।

त्यस्तै फेसबुकमा इसरारले भारतले नेपालमाथि स’र्जिकल स्ट्रा’इकर गर्न समेत आग्रह गरेको छ । आफूहरूले कालापानीमा भारतको झण्डा फ’हराउने भन्दै भारतले नेपालको सीमा समेत सि’ल गर्नुपर्ने लगायत माग अघि सारेको छ ।

नेपालको झण्डा ज’लाएको भन्दै केहि युवाहरुले अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीनन पार्टीका कार्यकर्ता बताउने इसरार अहमदको पु’तला ज’लाएका छन् । सामाजीक संजालमा अहमदको पु’त्ला ज’लाएको भिडियो सार्वजनिक भएको छ ।

लामो समयदेखि भारतको नियन्त्रण रहेको उक्त क्षेत्रलाई समेट्दै सरकारले नक्सा सार्वजनिक गरेसंगै भारत नेपालसँग चिढिएको हो । भारतीय मिडियाहरू नेपालमामाथि खनिइरहेका बेला भारतीय नागरिकहरूले पनि नेपालको वि’रोध गरिरहेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here