भोलि अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने

0
28

भोली असार ७: गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।

मेष राशी – श्रीप्राप्ती, वृष राशी – क्षती ,मिथुन राशी – घात ,कर्कट राशी – ब्यय ,सिंह राशी – लाभ ,कन्या राशी – सुखम्तु ,ला राशी – माननाशः ,वृश्चिक राशी – कष्टम्ध, नु राशी – स्त्रीपिडा ,मकर राशी – सौख्यम्कु ,म्भ राशी – चिन्ता ,मीन राशी – ब्यथा

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

१. ग्रहणको समयमाभोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ । २. ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन । ३.ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ । ४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ । ५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ । ६. यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन । ८. यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ । ९. ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन । १०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ । ११. ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ । १२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ । १३. ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ । १४. ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन । १५. यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ । १६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

एमसीसी चिन सिध्याउने अमेरिकी रणनीति हो, पारित गर्न हुँदैन : गृहमन्त्री थापा
निर्मल पौडेल
पर्वत, १८, फागुन । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापा वादलले एमसिसी चिनलाई सिध्याउने रणनिती भएको वताएका छन् । आईतवार जिल्ला प्रशासन कार्यलय पर्वतको भवन उद्घाटन गर्न आउने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतको कार्यलयमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लाई सम्वोधन गर्दै थापाले यस्तो वताएका हुन् ।

अमेरिकाले सहयोगको नाममा नेपालमा ५० करोड अमिरिकी डलर अनुदान दिएर नेपाललाई चिन सिध्याउने रणभुमी वनाउन खोजीएको भन्दै संसोधन विना कुनैपनी हालतमा पास नहुने जिकीर गरे ।थापाले इन्डो प्यासेफिक चिनलाई घेरावन्दी गर्ने र विश्व जगतमा चिन लाई १ नम्वर शक्तिशाली मुलुक हुन नदिने नीति भएको वताउँदै एमसिसी इन्डो प्यासेफिककै मातहत भएको वताए । अमेरीकाले नेपालमा विकास गरीदिन अनुदान सहयोग नगरेको भन्दै आफ्नो र्वशच्व जमाउन र साम्राज्यवाद विस्तार गर्न कै लागी एमसिसी ओजना अगाडी वढाएको वताए । चिन आसपासका छिमेकी मुलुकहरुलाई कुनै न कुनै किसिमवाट प्रभाव पार्ने र आफ्नो सैन्य देखी कानुनी तथा नीतिगत रुपमा छत्रछायाँमा पारी चिनमा प्रहार गर्ने दीर्घकालिन योजना एमसिसी भएको वताए ।

फरक प्रसंगमा वोल्दै थापाले राष्ट्रिय सभा सदस्य मनोनयनको कुराले सिंगो पार्टी भित्र र वाहिर तरङ्ग ल्याएको भन्दै २ जना मात्र सदनमा नभएकोले उनीहरु लाई पनी सदनमा लैजानुपर्छ भनेर केन्द्रीय नेत्तृत्व अगाडी वढेको वताए । वामदेव गौतमको विषयमा वोल्दै एक जना व्याक्तीको स्वार्थको लागि संविधान संसोधन गर्न नहुने र संविधान विपरीत हुने भन्दै छुट्टै कार्यदल गठन गरेर समाधान गर्न खोज्दा कार्यदल नै भङ्ग भएपछी सचिवालयले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको वताए ।अर्थ मन्त्रालय र अर्थ मन्त्रीको सवालमा नयाँ अर्थमन्त्री ल्याउनुभन्दा युवराज खतिवडा लाई नै पुन निरन्तरता दिनुपर्ने पक्षमा प्रधानमन्त्रीको मत रहेको थापाको भनाई थियो ।

खतीवडा अर्थविज्ञ भएको र उहाँकै कार्यकालमा आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथी ल्याउन सफल भएको भन्दै मुलुक लाई यही सरकारको पालामा १० प्रतिशत भन्दा माथि ल्याउने मुलुकको सुचीमा पु¥याउनुपर्ने थापाको जिकिर थियो ।निवर्तमान सञ्चारमन्त्री गोकुल वास्कोटा प्रकरण, वालुवाटार ललितानिवास प्रकरण लगायतका विभिन्न मुद्दाहरुमा विभिन्न व्याक्तिहरुको नाम झुण्डिएको ले सिङ्गो पार्टीको छवीमा आँच आएकोमा दुख व्यक्त गर्दै छानविन प्रकृया वाट सत्यतथ्य वाहिर आउने जिकीर गरे । भ्रष्टचार गर्ने जोकोहीलाई छुट नहुनेमा जोड दिँदै दलाल सामन्तवाद र तस्करहरुलाई घोक्रेठ्याक लगाउनेमा थापाले जोड दिए । पार्टिभित्र गुट उपगुट र अन्तरसंघर्ष चलिरहेको भन्दै यसको अन्त्य गर्दै नयाँ जनवादी समाजवादी क्रान्ति गर्दै मुलुकलाई अगाडी वढाउन नेत्तृत्व लाग्नुपर्ने थापाको जिकिर थियो ।

गणतन्त्र स्थापना देखी यता मुलुकमा नयाँ ढङ्गले वर्गसंङ्घर्ष चलिरहेको भन्दै नयाँ दुश्मन ,नयाँ वाधा व्यवधान नयाँ सत्रुहरुको विच सङ्घर्ष चलिरहेको भन्दै समाजवादको आधार निर्माण गर्नका लागि सरकारले नयाँ योजना ल्याएको वताउँदै राष्टिय पुँजीको संञ्चय गर्ने,वृद्धि गरेर औधोगीकरण गर्ने कृषीको व्यावसायिकीकरण गर्ने र समाजवादको लागि अन्य वस्तुगत भौतिक पुर्वाधारका आधारहरु निर्माण गर्ने दिशातर्फ वर्तमान सरकार अग्रसर भएको थापाको दावी थियो । कार्यक्रममा नेकपाका केन्द्र,प्रदेश तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here