बिप्लप ले गरे नेपाली युवालाइ भारतिय आर्मीमा भर्ती बन्द गर्न माग

0
26

काठमाडौं, ०६ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको (नेकपा)ले गोर्खा भर्ती खारेज गर्न माग गरेको छ । उसले आज एक बिज्ञप्ति जारी गर्दै यसको तत्काल खारेजीको माग गरेको हाे । गोरखा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवादकालीन र नेपाली सामन्ती राणाकालीन सम्झैताको निरन्तरता भएको भन्दै विप्लव समुहले यसको खारेजी गर्न माग गरेको छ ।

तत्कालीन समयमा पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औं सताब्दीमा पनि देशका लागि लज्जास्पद र अपाच्य हुने विप्लव समुहको ठहर छ । भारतले चीनसँगको सीमामा दुई पक्षका सैनिकबीच झडप भएपछि विदामा बसेका नेपाली गोर्खा सैनिकलाई बिदा कटौती गरेर बोलाएको प्रसंग जोड्दै चीनबिरुद्ध लड्न नेपाली गोर्खाली सेना पठाउन लागेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

नेपाली नागरिकले कुनैमपनि देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य स्वीकार्य नहुने विप्लव समुहको ठहर छ । बिज्ञप्तिमा दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको भन्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरिएको छ ।

विप्लब समुहले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न अपिलसमेत गरेको छ ।

बिज्ञप्ति:

अब कर्मचारीले घुस खा’ए कार्यालय प्रमुख पनि पक्राउ पर्ने
काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ । दुई दिनअघि मात्रै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका कार्यालय प्रमुख तथा उपसचिव गोविन्द अधिकारीलाई उनकै मातहत रहेका कर्मचारीको घुस प्रकरणमा जिम्मेवार बनाएर विभाग फिर्ता बोलाइएको छ । हाल उनी छानबिनको घेरामा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब जुनसुकै कार्यालयका कर्मचारी पनि घुससहित पक्राउ परेमा सो कार्यालयको प्रमुखलाई समेत छानबिनको घेरामा ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । कार्यालय प्रमुखकै ‘ग्रिन सिग्नल’ बाट कर्मचारीहरू घुस उठाउन उद्यत हुन सक्ने विश्लेषण अख्तियारले गरेको छ ।

लामो समयको बन्दाबन्दी (लकडाउन) पछि कार्यालय खुल्नेबित्तिकै मालपोतका कर्मचारीले खुलेयाम घुस लिँदा लिँदै ६ जना कर्मचारीलाई नियन्त्रण लिएपछि प्रमुखलाई पनि कारबाही गर्नुपर्ने निष्कर्षसहित अख्तियारले भूमिसुधार मन्त्रालयलाई जानकारी गराएको थियो । अख्तियारका अनुसार अधिकांश कार्यालयमा कार्यालय प्रमुखले ‘ग्रिन सिग्नल’ दिएकै कारण कर्मचारीहरूले घुस उठाउने गरेको पाइएको छ । कार्यालय प्रमुखले आपूm पनि घुस नखाने र कसैले घुस खा’एमा कडा कारबाही गर्ने व्यावहारिक प्रतिबद्धता देखाउन सकेमा कर्मचारीले घुस खाने प्रवृत्तिमा धेरै कमी हुने ठहर अख्तियारको छ ।

मालपोत प्रमुख अधिकारीले कमान्ड कन्ट्रोल गर्न नसकेको र सेवाग्राहीले घुस नदिएसम्म काम नहुने प्रवृत्ति बढेपछि उनलाई कारबाहीस्वरूप भूमि व्यवस्था विभाग फिर्ता बोलाइएको छ । लकडाउनपछि कार्यालय लागेको भोलिपल्टै जग्गा कित्ताकाँट गर्ने आदेश गराइदिएबापत सेवाग्राहीबाट ८ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले सो कार्यालयका अधिकृत रघुवंश कँडेल, नासुहरू उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सामाखुसी चोकस्थित स्काइ पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको थियो । अख्तियारको नियन्त्रणमा रहेका उनीहरूमाथि अनुसन्धान प्रक्रिया थालिएको छ । राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here