थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ८६०५ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  

६ असार, काठमाडौं । थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ८६०५ पुगेको छ।नेपालमा कोरोनाको कहर बढीरहेका बेला कास्कीका एक १९ महिने शिशुमा कोरोना संक्रमण फेला परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भएकामा १९ महिने शिशु र अर्का ४१ वर्षीय पुरुष रहेका छन् ।

भारतमा रहेका शिशुका बुबा केही दिनअघिमात्रै गाउँ आएर सिधै क्वारेन्टाइनमा बसेका र आमाले लकडाउन सुरु भएदेखि नै गाउँ नछोडे पनि ति शिशुमा कोरोना देखिएसँगै गाउँमा नै खैलाबैला सुरु भएको छ ।

शिशुका हजुरबुबा आना लिएर क्वोन्टाइनमा गएको आधारमा परिवारकै स्वाब परीक्षण गर्दा कोरोना स।क्रमण देखिएको मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि भारतबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।

गण्डकी प्रदेशमा एकाबिहानै थपिए ५८ जना कोरोना संक्रमित

काठमाडौं ०६ असार / गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङका ८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *