गुल्मीको होम–क्वारेन्टिनमा मृ’त्यु भएका पुरूषमा कोरोना सं’क्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  

६ असार, गुल्मी ।
गुल्मीमा होम–क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ।

करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले मृत्यु भएका पुरूषको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो।

उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो।

स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले शुक्रबार बिहान व्यवस्थापन गरेको थियो। स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनको रेखदेखमा संलग्न परिवारका सदस्यहरूको समेत पिसिआर परीक्षण गरिने पन्तले जानकारी दिए ।

काठमाडौं । थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ८६०५ पुगेको छ।नेपालमा कोरोनाको कहर बढीरहेका बेला कास्कीका एक १९ महिने शिशुमा कोरोना संक्रमण फेला परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भएकामा १९ महिने शिशु र अर्का ४१ वर्षीय पुरुष रहेका छन् ।

भारतमा रहेका शिशुका बुबा केही दिनअघिमात्रै गाउँ आएर सिधै क्वारेन्टाइनमा बसेका र आमाले लकडाउन सुरु भएदेखि नै गाउँ नछोडे पनि ति शिशुमा कोरोना देखिएसँगै गाउँमा नै खैलाबैला सुरु भएको छ ।

शिशुका हजुरबुबा आना लिएर क्वोन्टाइनमा गएको आधारमा परिवारकै स्वाब परीक्षण गर्दा कोरोना स।क्रमण देखिएको मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि भारतबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।

गण्डकी प्रदेशमा एकाबिहानै थपिए ५८ जना कोरोना संक्रमित

काठमाडौं ०६ असार / गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङका ८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *