काठमाडौँ – नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ की १३ महिनाकी छोरी सियोना श्रेष्ठ यतिबेला SPINAL MUSCULAR ATROPHY (SME-1) नामक समस्यासँग जुधिरहेकी छिन् ।
जसका लागि करिब २५ करोड लागत लाग्ने अस्पतालले जनाएको छ । यो समस्यासँग जुधिरहेकी सियोनाको उपचार नेपालमा सम्भव नभएको र अमेरिकामा मात्रै सम्भव भएका कारण तत्कालै पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ परिवारमा थपिएको छ ।
यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने भएका कारण सियोनाका बाबु सन्दिप र आमा एलिनालाई धपेडी थपिएको छ ।
सानो रकम भएको भए आफन्त र साथीभाईबाट सम्भव हुने भएता पनि २५ करोड रुपैयाँ तत्कालै जोहो गर्न गाह्रो श्रेष्ठ दम्पतिलाई गार्हो परेको छ। यसै बीच चर्चित हाँस्यकलाकार कुमार कट्टेल पनि सियोना बचाउ अभियानमा सहभागी भएका छन्।
कट्टेलले बालिकाको उपचारको लागि १० हजार सहयोग गरेका छन्। साथै उनले सहयोग गर्न सबैमा आग्रह पनि गरेका छन्।
कुमार कट्टेल सहयोगको याचना गर्दै सामाजिक संजालमा यसो लेख्छन् –
Spinal Muscular Atrophy जस्तो डरलाग्दो रोगबाट पिडित भैरहवाकि १३ महिने नानू सियोना श्रेष्ठ बचाउ अभियानमा सबैको साथ , सहयोग र हातेमालोका निम्ति बिनम्र अनुरोध छ । २५ करोड उपचार खर्च लाग्ने यस्तो रोगमाथिको लडाई दुई बर्ष भित्रै जित्नुपर्छ ।
हालसम्म स्वदेश तथा बिदेशबाट मनकारी मनहरुको सहयोगमा करिब ३ करोडको हारहारीमा सहयोग सङ्कंलन भएकोमा अझै करिब २२ करोडको आवस्यकता छ । उपचारमा Gene therapy ” Zolgensma” गर्नुपर्ने र यो अत्यन्त खर्चिलो रहेको अवस्थामा परिवार एक्लैको प्रयास प्रयाप्त छैन ।
रङ्गशाला निर्माण अभियानमा होमिईरहदा सामाजिक दाईत्वबाट कहिलै पछाडी नहटेको परिपेक्षमा नानुको सिघ्र स्वास्थ्यलाभको कामना सहित म ब्यक्तिगत रुपमा रु १०,०००/- सहयोगको सुरुवात गरेको छु । आउनुस पुग्नु माथी छ तर असम्भव पनि छैन । जीवन भन्दा ठूलो केही छैन । हाम्रो सानो प्रयासले सियोनाको जीवन बचाउन सकिन्छ । ईच्छुक सहयोगी मनले निम्न माध्यमबाट सहयोग गर्न सक्नुहुन्छ :-
A/C Name: Siyona Shrestha
A/c no: 206500000031524
Bank of Kathmandu Ltd,Parasi Branch
Swift Code: BOKLNPKA
OR esewa id: 9847206466 , 9816457809
Well wishers from Nepal and abroad can also donate in the above mentioned account or esewa id to raise fund for siyona
Keepsharing
Thank you