काठमाडौं । प्रतिनिधि सभा सांसद पम्फा भुसालले नेपाल भारत सिमाना तत्काल नियमन गरी सिमानामा काँडेतार लगाउनुपर्नेमा जोड दिनुभयो । संसदमा शनिवारको वैठकमा नयाँ नक्सा सहितको संविधान संशोधनको पक्षमा बोल्दै सांसद भुसालले ऐतिहासिक तथ्य प्रमाणका आधारमा नेपालीहरुले उपभोग गरेको जमिन भारतले लिएको हुँदा फिर्ता ल्याउने अवस्था निर्माण गर्न सम्पूर्ण देश एक ढिक्का भएकोमा खुसी व्यक्त गर्नुभयो ।
एक्काइसौं सताब्दीमा खुल्ला सिमाना हुन हुँदैन भन्दै सांसद भुसालले सिमाना व्यवस्थित गर्ने काम सुरु गरिहाल्नुपर्ने बताउनुभयो ।
ठोरी गाउँपालिकाका एक जना वडाध्यक्षले बार लगाएको स्मरण गर्दै भुसालले कसैको एक इन्च जमीन नचाहिने तर आफ्नो जमीन नछोड्ने बताउनुभयो ।
पाकिस्तान र चीनसंग सिमानाको वार्ता गरिरहेको भारतले नेपालसंग बहाना खोजिरहेको बताउँदै नेपालीको राष्ट्रिय एकतालाई मनन गर्न आग्रह गर्नुभयो । नागरिक अभिमत प्राप्त बर्तमान सरकार र प्रधानमन्त्रीले भूमी फिर्ता ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
जमिन ल्याउने कुरा सबैले सचेतनापूर्वक उठाएका आधारमा जनमतको सर्बसम्मत तागत र वलले जमीनको उपभोगमा ल्याउने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।