कुवेत र कतारवाट आएका २ जनामा कोरोनाको आशंका, टेकु अस्पतालको आइसोलेसन वार्ड भर्ना

0
97

काठमाडौं, २५ फागुन । चीनवाट सुरु भएको कोरोना विश्वभर फैलिएपछि नेपालमा पनि आउन सक्ने भन्दै सचेतना अपनाइएको छ । रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशंकामा अस्पताल जानेहरुको भिड पनि बढेको छ । शंकास्पदहरु परिक्षण गर्न जानेहरुको भिड भएपछि टेकु अस्पतालले अब थप भर्ना लिन नसक्ने भएको छ । टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएपछि अब अस्पतालले थप शंकास्पदहरुलाई भर्ना गर्न नसक्ने भएको हो ।

विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। कोरोना प्रभावित मुलुकवाट आउनेहरु कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुग्ने गरेका छन् । टेकु अस्पतालमा करिब ५ सय जनाको परिक्षण गरिएको छ ।

जसमा चीनवाट उद्दार गरेर ल्याइएका विद्यार्थीको संख्या पनि जोडिएको छ । अहिले सम्म टेकुमा भर्ना भएकाहरु मध्ये एक जनामा सं क्रम ण देखिएको र उनी निको भएर घर फर्किसकको छन् । अरुमा भने कोरोना भएको छैन । अहिले ३ जनामा कोरोनाको लक्षण देखिएपछि आइसोलेशनमा राखिएको छ ।

त्रिभुवन विमानस्थलमा राखिएको हेल्थ डेक्समा परिक्षण गर्दा कोरोनाको लक्षण देखिएकाहरुलाई पनि टेकु पठाउने गरिएको छ । टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएको जनाएको छ । अब थप परिक्षणका लागि आउनेहरुलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीले जनाएका छन् ।

टेकु अस्पतालले अब आइसोलेसन वार्ड भरिएको जानकारी विमानस्थलमा गराएको छ । अब विमानस्थलमा आउने शंकास्पदहरुलाई पाटन पठाउने तयारी गरेको जनाइएको छ । थप दुई शंकास्पद बिरामी भेटिए बितेको १२ घण्टामा विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामीलाई टेकु अस्पताल पठाइको बताइएको छ। कुवेत र कतारबाट आएका ती नागरिकलाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि आइसोलेसनमा पठाइएको हो।

यो पनि पदनुहोस :
विमानस्थल सरसफाइमा जुट्दै शर्मा
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएका गैरआवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुटेका छन् । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउनुभएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक विमानस्थलमा समेत सरसफाइ अभियान सञ्चालन गर्न नेपाल आएका हुन् ।

“सरसरफाइ अभियानका लागि पहिलो चरणमा १० वटा विमानस्थलको निरीक्षण गर्ने काम भएको छ”, नेपालगञ्ज विमानस्थलको निरीक्षणपछि शर्माले भने, “नेपालगञ्ज विमानस्थल अन्य विमानस्थलको तुलनामा राम्रो छ, तर अझै धेरै राम्रो गर्न सकिन्छ ।” शहरको विकास र सभ्यता सरसफाइबाट झल्किने भएकाले विमानस्थललाई सफा राख्नुपर्नै उनको भनाइ छ । अष्ट्रेलियामा सरसफाइसम्बन्धी काम गरेर सीप हासिल गर्नुभएका शर्माले अहिले आफँै सरसफाइ कम्पनी सञ्चालन गर्दै आएका छन् ।

सरसफाइमा सिकेको सीप र अनुभवलाई आफ्नो मुलुकको विमानस्थल सरसफाइ अभियानमा प्रयोग गर्न लागिएको उनले जानकारी दिए । “विदेशी नागरिक पहिलोपटक नेपाल आउँदा विमानस्थलमा पुग्छन्, विमानस्थलको सरसफाइको अवस्थाले नेपालप्रति उनीहरुको धारणा बन्ने गर्दछ”, शर्माले भने, “त्रिभुवन विमानस्थल सरसफाइ अभियानमा पाएको सफलता र प्रशंसाले गर्दा अन्य विमानस्थलमा पनि सरसफाइको अभियान शुरु गरेका छौँ ।”

अभियान सञ्चालनका लागि शर्माले शनिबारसम्म पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र गौतमबुद्ध विमानस्थल भैरहवाको निरीक्षण गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमतिमा विमानस्थल सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । “हामी आफैँले वा विदेशबाट मान्छे ल्याएर सरसफाइ अभियान सञ्चालन गर्ने होइन”, उनले भने, “सरसफाइका कर्मचारीलाई आफूले जानेको प्रविधि सिकाएर हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदार सरसफाइ गर्न सक्षम हुने गरी सीप हस्तान्तरण गर्नेछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here