आज राति १० बजेर ३० मिनेट देखि बालक,वृद्ध,रोगी तथा अशक्त बाहेकले अरुले भोजन नगर्नु भनेर भनिएको छ ।२०७७ साल असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ ।खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ ।
१० :५० मा सुरु,१२:३८ मा मध्य र २:२३ मा समापन हुनेछ । जम्मा समय ३ घण्टा ३३ मिनेट रहेको छ ।यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ ।बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।
वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन
पितृ देवो भवः । अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् ।
ताते–ताते गरेर हिंड्न सिकाउने देखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् । माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन् । यहाँ हामीले बुबा र सन्तानप्रति विश्वका विभिन्न चर्चित व्यक्तित्वहरुका भनाइहरु उल्लेख गरेका छौं । एकपटक पढ्नुस् र मनन गर्नुहोस्–जब बुबाले सन्तानलाई केही दिन्छन् तब बुबा र सन्तान दुबै हाँस्छन् ।
तर जब सन्तानले बुबालाई केही दिन्छन्, तब बुबा र सन्तान दुबै रुन्छन् । – विलियम शेक्सपियरतपाईंको जिवनमा सयौं शिक्षक भन्दा तपाईंको बुबा महान हुनुहुन्छ । – जर्ज हबर्टबा बन्नु भनेको तिमी आफ्नो सन्तानका लागि रोल मोडल बन्नु हो । – वेन रुनीमलाई मेरो बुबाले सपना दिनुभयो त्यही सपनाबाट मैलेआफ्नो भविष्य देख्न सकें । – लिजा मित्रेली
बुबा बनिसकेपछि व्यक्तिलाई धेरै जिम्मेवारी बोध हुन्छ । तिमीले त्यो भन्दा अगाडी नदेखेका धेरै कुराहरु देख्न थाल्छौ – किड रक
मैले जिवनमा भेटेका कुनै पुरुष मेरो बुबाको बराबरीका मलाई लागेनन् । मैले मेरो बुबालाई जति माया अरु कुनै पुरुषलाई गरिनँ । – हेडय ल्यामर
आमाको माया पाउनका लागि तिमि योग्य हुनुपर्दैन, तर बुबाको माया पाउनका लागि तिमि योग्य बन्नुपर्छ ।– रोबर्ट फ्रोस्ट
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।