lemon

राति निन्द्रा पर्दैन ? आधा कागतीले समाधान गर्नेछ अनिन्द्राको समस्या

  •  
  •  
  •  
  •  
  •  
  •  

आजकल अधिकाशं मानिसमा राति मोवाइल चलाउने बानी हुन्छ । जसका कारण उनीहरु चाडै निदाउन सक्दैनन् । तर कतिपय मानिस यसलाई अनिन्द्राको समस्या बताउछन् । तर साच्चै राति ढिलोसम्म निद्रा नआउने वा अनिन्द्राको समस्या छ भने तपाईकालागी निदाउनका लागी एक काइदाको उपाय छ, कागती। हो दिनभरि स्ट्रेसमा काम गर्ने र राति राम्रो सुत्न नसक्ने मानिसहरूका लागी मात्र एक कागती उपयोगी साबित हुनेछ । जसका लागी कागतीको प्रयोगबाट एक पेय बनाउन सकिन्छ जसले तपाईलाई निन्द्रा पार्न मद्दत गर्दछ ।

चाहिने सामग्री
कागती – एउटा
नुन – एक चिम्टी

विधि
कागतीलाई दुई भागमा काट्नुहोस् । त्यसपछि यसको रस मज्जाले निचोरे एक गिलास पानीमा मिसाउनुहोस् । त्यसमा एक चिम्टी नून हालेर सुत्नु आधा घन्टा अगाडी पिउनुहोस् । यो क्रमलाई ३ दिनसम्म निरन्तरता दिनुहोस् । यसले अनिन्द्राको समस्या समाधान हुन्छ ।

कसरी गर्छ काम ?
कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । जसले राम्रो निद्रा पार्न मद्दत गर्दछ । यस्तोमा कामको तनाव वा अनिन्द्राको समस्याबाट हुने स्ट्रेस कम गर्न कागतीमा हुने स्ट्रेस कम गराउने तत्वले मद्दत पुर्याउछ । एजेन्सी

अब कर्मचारीले घुस खा’ए कार्यालय प्रमुख पनि पक्राउ पर्ने
काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ । दुई दिनअघि मात्रै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका कार्यालय प्रमुख तथा उपसचिव गोविन्द अधिकारीलाई उनकै मातहत रहेका कर्मचारीको घुस प्रकरणमा जिम्मेवार बनाएर विभाग फिर्ता बोलाइएको छ । हाल उनी छानबिनको घेरामा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब जुनसुकै कार्यालयका कर्मचारी पनि घुससहित पक्राउ परेमा सो कार्यालयको प्रमुखलाई समेत छानबिनको घेरामा ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । कार्यालय प्रमुखकै ‘ग्रिन सिग्नल’ बाट कर्मचारीहरू घुस उठाउन उद्यत हुन सक्ने विश्लेषण अख्तियारले गरेको छ ।

लामो समयको बन्दाबन्दी (लकडाउन) पछि कार्यालय खुल्नेबित्तिकै मालपोतका कर्मचारीले खुलेयाम घुस लिँदा लिँदै ६ जना कर्मचारीलाई नियन्त्रण लिएपछि प्रमुखलाई पनि कारबाही गर्नुपर्ने निष्कर्षसहित अख्तियारले भूमिसुधार मन्त्रालयलाई जानकारी गराएको थियो । अख्तियारका अनुसार अधिकांश कार्यालयमा कार्यालय प्रमुखले ‘ग्रिन सिग्नल’ दिएकै कारण कर्मचारीहरूले घुस उठाउने गरेको पाइएको छ । कार्यालय प्रमुखले आपूm पनि घुस नखाने र कसैले घुस खा’एमा कडा कारबाही गर्ने व्यावहारिक प्रतिबद्धता देखाउन सकेमा कर्मचारीले घुस खाने प्रवृत्तिमा धेरै कमी हुने ठहर अख्तियारको छ ।

मालपोत प्रमुख अधिकारीले कमान्ड कन्ट्रोल गर्न नसकेको र सेवाग्राहीले घुस नदिएसम्म काम नहुने प्रवृत्ति बढेपछि उनलाई कारबाहीस्वरूप भूमि व्यवस्था विभाग फिर्ता बोलाइएको छ । लकडाउनपछि कार्यालय लागेको भोलिपल्टै जग्गा कित्ताकाँट गर्ने आदेश गराइदिएबापत सेवाग्राहीबाट ८ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले सो कार्यालयका अधिकृत रघुवंश कँडेल, नासुहरू उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सामाखुसी चोकस्थित स्काइ पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको थियो । अख्तियारको नियन्त्रणमा रहेका उनीहरूमाथि अनुसन्धान प्रक्रिया थालिएको छ । राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *