बैसाख १२ को भन्दा ठुलो भुकम्प आउने बैज्ञानिकहरुको चेतावनी,कहिले आउने भन्ने कुरामा डरलाग्दो खुलासा,पुरा पढ्नुहोस

0
2223

वैज्ञानिकहरुले हिमाय क्षेत्रमा ठूलो भूकम्पको चेतावनी दिएका छन् । पूरै हिमालय क्षेत्र भूकम्पहरुको लगातार धक्काको साथै अर्को ठूलो धक्काको लागि तयारी अवस्थामा रहेको र त्यो ठूलो धक्का ८ म्याग्नेच्युड वा सोभन्दा बढीको हुन सक्ने वैज्ञानिकले बताएका छन् ।त्यो ठूलो धक्का हाम्रो जीवनकालमा आउन सक्ने भौगोलिक, ऐतिहासिक तथ्यांकमा आधारित रहेर गरिएको एक अध्ययनमा खुलासा भएको हो । हिमालय आसपासमा घना बस्ती भएका क्षेत्रमा मानवीय क्षतिको परिमाण अभूतपूर्व हुने सकेत वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

अगष्टमा सिस्मोलोजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित यो अध्ययन यहाँको चट्टानको सतहको जाँच, माटोको जाँच र रेडियोकार्बन विश्लेषणमा आधारित छ । ‘भारतको अरुणाचल प्रदेशको पूर्वी छेउदेखि पश्चिममा पाकिस्तानसम्म फैलिएको हिमालय क्षेत्र विगतमा पनि ठूला भूकम्पको केन्द्र रहिसकेको छ’ अध्ययनका लेखक स्टेभेन जी वेस्नोस्कीले समाचार एजेन्सी पीटीआइसँग भने ‘यस्ता भूकम्पहरु फेरि पनि उत्पन्न हुनेछन् र यदि अर्को ठूलो भूकम्प हाम्रो जीवनकालमा उत्पन्न भयो भने कुनै आश्चर्य हुने छैन ।

यो समाचार पनि पढ्नुस्
महिनावारीका समयमा नगर्नुहोस् यी ५ गल्ती, बढ्छ इन्फेक्सनको खतरा

१) यौन सम्बन्ध
महिनावारीको समयमा यौन सम्बन्ध राख्नु हुँदैन । महिनावारीको समय यौन सम्बन्ध राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ ।

२) केमिकलयुक्त बस्तुको प्रयोग
महिनावारीका समयमा केमिकलयुक्त बस्तुको प्रयोग गर्दा पनि महिलामा इन्फेक्सनको खतरा बढ्न सक्छ। त्यसैले यस्तो समयमा सफा प्याड तथा कपडाको मात्र प्रयोग गर्नु राम्रो हुन्छ।

३) स्वस्थ नराख्नु
महिनावारीका समयमा आफ्नो स्वास्थ्यको सरसफाइ तथा शारिरीक कसरतमा राम्रोसँग ध्यान नदिनुले पनि स्वास्थ्यमा कयौँ किसिमका समस्या आउन थाल्दछन्। त्यसैले यस्तो समयमा सामान्य शारिरीक व्यायाम तथा सरसफाइदा ध्यान दिनु राम्रो मानिन्छ।

४) प्रयाप्त नसुत्नु
महिनावारीका समयमा करीब ८ घण्टा नसुत्दा स्वास्थ्यमा समस्या देखिने गर्दछ। प्रयाप्त निद्रा नपुग्दा टाउको दुख्ने तथा शरीर दुख्ने जस्ता समस्या देखिन थाल्दछ।

५) समय समयमा प्याड परिवर्तन नगर्नु
महिनावारीका क्रममा समय समयमा प्याड परिवर्तन नगर्दा पनि हाम्रो स्वास्थयमा समस्या देखिन सक्दछ। यो समयमा हरेक तीन, चार घण्टामा प्याड परिवर्तन गर्नुहोस्। यदी कपडा प्रयोग गर्ने हो भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ । यसले संक्रमणबाट जोगाउँछ र दुर्गन्धबाट पनि टाढा राख्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here