दुई लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री, दूधकाे विश्व रेकर्ड

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी- सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।

सरस्वती नाम दिइएको उक्त भैँसीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२.०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।

सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवीरले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० हजारमा बिक्री गरेका हुन्।

भैँसी बेच्नुअघि किसानले एउटा कार्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाबलगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सुखवीरका अनुसार उनले चार वर्षअघि बरवाला जिल्लाको खोखा गाउँका किसान गोपीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।

किसान सुखवीर सिंहका अनुसार सरस्वती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयोजित एक प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। हिसारको सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्रममा पनि २८.७ किलो दूध दिएर पुरस्कार जितेको थियो।

हरियाणा पशुधन विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्कार जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधियानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पोमा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुरस्कार जितेको थियो।

यो पनि पदनुहोस :
कुवेत र कतारवाट आएका २ जनामा कोरोनाको आशंका, टेकु अस्पतालको आइसोलेसन वार्ड भर्ना

काठमाडौं, २५ फागुन । चीनवाट सुरु भएको कोरोना विश्वभर फैलिएपछि नेपालमा पनि आउन सक्ने भन्दै सचेतना अपनाइएको छ । रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशंकामा अस्पताल जानेहरुको भिड पनि बढेको छ । शंकास्पदहरु परिक्षण गर्न जानेहरुको भिड भएपछि टेकु अस्पतालले अब थप भर्ना लिन नसक्ने भएको छ । टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएपछि अब अस्पतालले थप शंकास्पदहरुलाई भर्ना गर्न नसक्ने भएको हो ।

विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। कोरोना प्रभावित मुलुकवाट आउनेहरु कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुग्ने गरेका छन् । टेकु अस्पतालमा करिब ५ सय जनाको परिक्षण गरिएको छ ।

जसमा चीनवाट उद्दार गरेर ल्याइएका विद्यार्थीको संख्या पनि जोडिएको छ । अहिले सम्म टेकुमा भर्ना भएकाहरु मध्ये एक जनामा सं क्रम ण देखिएको र उनी निको भएर घर फर्किसकको छन् । अरुमा भने कोरोना भएको छैन । अहिले ३ जनामा कोरोनाको लक्षण देखिएपछि आइसोलेशनमा राखिएको छ ।

त्रिभुवन विमानस्थलमा राखिएको हेल्थ डेक्समा परिक्षण गर्दा कोरोनाको लक्षण देखिएकाहरुलाई पनि टेकु पठाउने गरिएको छ । टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएको जनाएको छ । अब थप परिक्षणका लागि आउनेहरुलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीले जनाएका छन् ।

टेकु अस्पतालले अब आइसोलेसन वार्ड भरिएको जानकारी विमानस्थलमा गराएको छ । अब विमानस्थलमा आउने शंकास्पदहरुलाई पाटन पठाउने तयारी गरेको जनाइएको छ । थप दुई शंकास्पद बिरामी भेटिए बितेको १२ घण्टामा विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामीलाई टेकु अस्पताल पठाइको बताइएको छ। कुवेत र कतारबाट आएका ती नागरिकलाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि आइसोलेसनमा पठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *