राजा बिरेन्द्र जुत्ता फाट्यो भने मर्मत गरेर लागाउथे उनिले भन्थे जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ (भिडियो हेर्नुहोस)

  •  
  •  
  •  
  •  
  •  
  •  

२०२१ सालमा युवराज छँदा वीरेन्द्रले पूर्वाञ्चलका पहाडी जिल्लाहरू भ्रमण गरे । त्यसवेला युवराज वीरेन्द्रले मकै, भटमास, साग, कोदो, फापर आदि गाउँमा जे–जे पाइन्छ, त्यसैमा सन्तोष गरेर सैनिक पोसाकमा भ्रमण गरेको उनका सहयोगीहरू बताउँछन् । “तीन चार जना सिपाही भ्रमण दलमा भए पनि युवराज वीरेन्द्र आफ्नो भारी आँफै बोक्थे उनीहरू भन्छन्। मन, वचन र कर्मले स्वच्छ थिए, वीरेन्द्र । राजा भए पनि अभिमान थिएन। फुर्सदका बेला गहन पुस्तक अध्ययन गर्ने र चित्र बनाएर बस्थे उनी । उनकी छोरी श्रुति पनि सिद्धहस्त चित्रकार थिइन्। असल र सफल कूटनीतिज्ञ र सच्चा राजनेता थिए, वीरेन्द्र।

नेपाललाई सदैव स्वाधीन, स्वतन्त्र, सबल र सक्षम बनाएर जनताको मुहार हँसिलो बनाउन चाहन्थे उनी । “जीवनको एक पल पनि कर्तव्यहीन रहँदैन । वास्तवमा राजा वीरेन्द्रले पनि जीवनको पलपलको सदुपयोग गरे। सुख सयलमा उनको कुनै रुचि थिए । राजा वीरेन्द्रका स्वकीय सचिव तथा शिक्षक रहेका नारायणप्रसाद श्रेष्ठ भन्छन्, “सोफा बिग्रियो भने उनी नयाँ किन्ने होइन, मर्मत गरेर काम चलाउनुपर्छ भन्थे । आफ्नै कोटको रंग खुइँलिदा पनि त्यसलाई उल्टो बनाई मर्मत गरेर लगाएको देख्यौँ, हामीले । जुत्ता फाट्यो भने मर्मत गरेर काम चलाउँथे । राजा भन्थे, ‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन। कहिलेकाहि फुर्सदलाई सदुपयोग गर्ने बखत बगैंचामा रानी घास काट्दा,राजा कुटोले चलाउथे। भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *