ढलान सकिएको दुई सातामै भ”त्कियो पु”ल

0
22

रुपन्देहीको छपियामा ढलान सकिएको दुई सातामै पक्की पु’ल भत्किएको छ।

सियारी गाउँपालिका वडा नम्बर ५ र मायादेवी गाउँपालिकालाई जोड्ने दानव खोलामाथिको उक्त पु’ल शनिबार साँझ करिब ६ बजे भ’त्किएको हो।

२०७२/०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पु’ल जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको थियो।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले अरु पुलहरु ढलान गर्दा टेकाले अडाउने गरिएको भएपनि यो प्रविधिको पु’ल विमभित्र राखिएको ल’ठ्ठाले अड्याउने गरी निर्माण गरिएको जानकारी दिए।

पु’ल ढलान गरिएको दुई सातापछि ल’ठ्ठा तान्नुपर्ने भए पनि ल’ठ्ठा तान्दै गर्दा अचा’नक बाढी आई भत्किएको उनले बताए।

दुई दिनपछि मात्रै ल’ठ्ठा तान्नुपर्ने भए पनि दानव खोलामा आउने बाढीको सम्भावित जोखिमलाई हेरेर दुईदिन अगाडि ल’ठ्ठा तानिएको थियो।

८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल भत्किँदा एक करोड बराबरको क्षति भएको ईन्जिनियर मरासिनीले जानकारी दिए।

पुल निर्माणको जिम्मा लिएको कम्पनी निलगिरी नेशनल जेभिका प्रतिनिधि सूर्य अधिकारीले फागुनमै पु’ल ढलान गर्ने तयारी गरिएको भएपनि लकडाउनका कारण ढिलो गरी ढलान गरिएको बताए।६० मिटर लम्बाईको उक्त पु’लको ३० मिटर खण्ड ढलान भइसकेको थियो। गत वैशाख १५ भित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण असार मसान्तभित्रै सम्पन्न गर्ने गरी काम गरिरहेको अधिकारीले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here