“अब यो देशको प्रधानमन्त्री महिलालाई बनाउनु पर्छ”: रेखा थापा

0
28

काठमाडौं २५ फागुन / चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्।

११० औँ अन्तरर्राष्ट्रिय नारी दिवशको अवसरमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्।

विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन्।

नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न नहुने पनि बताइन।

‘नेपलमा क्षमतावान महिलाहरु रहेका छन्। आउँदो चुनावमा महिला प्रधानमन्त्री तथा कार्यकारी प्रमुख बनाउनका लागि चुनौती दिँदै पुरुषलाई भोट नदिन आग्रह गर्छु,’ उनले भनिन् ।

उनले कोटो प्रविधिको विरोधी भएको बताउदै भनिन्, ‘सहरमा बसेर हामी नारी दिवस र महिला अधिकारको कुरा गछौं । त्यो कुराले कुनै गाउँमा कतिको छोएको छ भनेर बुझ्न जरुरी थियो । त्यसलै मैले छोरीको लागि स्वर्णिम नेपाल अभियान चलाएको थिए । छोरीसँग क्षमता हुदाँ हुदै पनि कोटा प्रयोग गरिन्छ ।

कोटाले सिमित क्षेत्रमा मात्र कायम राख्छ । म कोटा प्रविधिको पहिलै देखि विरोधी हो । ‘छोरी मान्छेलाई सांसद देखि लिएर सडक सम्म छोरीनै बनाउने तालिम चै किन दिइन्छ ।’ यो मेरो प्रश्न परिवारलाई पनि, समाजलाई पनि र राज्यलाई पनि र नीति नियम बनाउने व्यक्तिहरुलाई पनि ।

तपाईहरुले याद गर्नु भएको होला सांसद भित्र पनि महिलाको उपस्थिति छ, कोटामा । तर त्यहाँ अपवादलाई छोडेर महिला सिंगारिक वस्तुको रुपमा देख्छु । सदन देखि सडक सम्म महिलालाई सिंगारिक वस्तुको रुपमा किन प्रयोग गरिन्छ ? र हामी जहिलै पनि सिंगारिक वस्तु बन्न किन लालयत छौं ।’

यो पनि पद्नुहोस:
कुवेत र कतारवाट आएका २ जनामा कोरोनाको आशंका, टेकु अस्पतालको आइसोलेसन वार्ड भर्ना

काठमाडौं, २५ फागुन । चीनवाट सुरु भएको कोरोना विश्वभर फैलिएपछि नेपालमा पनि आउन सक्ने भन्दै सचेतना अपनाइएको छ । रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशंकामा अस्पताल जानेहरुको भिड पनि बढेको छ । शंकास्पदहरु परिक्षण गर्न जानेहरुको भिड भएपछि टेकु अस्पतालले अब थप भर्ना लिन नसक्ने भएको छ । टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएपछि अब अस्पतालले थप शंकास्पदहरुलाई भर्ना गर्न नसक्ने भएको हो ।

विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। कोरोना प्रभावित मुलुकवाट आउनेहरु कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुग्ने गरेका छन् । टेकु अस्पतालमा करिब ५ सय जनाको परिक्षण गरिएको छ ।

जसमा चीनवाट उद्दार गरेर ल्याइएका विद्यार्थीको संख्या पनि जोडिएको छ । अहिले सम्म टेकुमा भर्ना भएकाहरु मध्ये एक जनामा सं क्रम ण देखिएको र उनी निको भएर घर फर्किसकको छन् । अरुमा भने कोरोना भएको छैन । अहिले ३ जनामा कोरोनाको लक्षण देखिएपछि आइसोलेशनमा राखिएको छ ।

त्रिभुवन विमानस्थलमा राखिएको हेल्थ डेक्समा परिक्षण गर्दा कोरोनाको लक्षण देखिएकाहरुलाई पनि टेकु पठाउने गरिएको छ । टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएको जनाएको छ । अब थप परिक्षणका लागि आउनेहरुलाई पाटन अस्पतालमा पठाउने तयारी भएको विमानस्थल हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीले जनाएका छन् ।

टेकु अस्पतालले अब आइसोलेसन वार्ड भरिएको जानकारी विमानस्थलमा गराएको छ । अब विमानस्थलमा आउने शंकास्पदहरुलाई पाटन पठाउने तयारी गरेको जनाइएको छ । थप दुई शंकास्पद बिरामी भेटिए बितेको १२ घण्टामा विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामीलाई टेकु अस्पताल पठाइको बताइएको छ। कुवेत र कतारबाट आएका ती नागरिकलाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि आइसोलेसनमा पठाइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here