काठमाडौंका सरकारी कार्यालयहरु कोरोना संक्रमणको वाहक बन्ने खतरा बढ्दै (भिडियो)

0
13

काठमाडौं, जेठ । कोरोना भाइरसको जोखिम चुनौतीपूर्ण बन्दै गएपछि सरकारले लकडाउनलाई खुकुलो पार्दा त्यस्को असर अहिले जताततै देखिन थालेको छ । शहर बजार जताततै भीड बढ्दै गर्दा सरकारी कार्यालयहरुको अवस्था झनै चिन्तापूर्ण देखिएको छ ।

सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएपनि निजी सवारी साधनहरुलाई जोरविजोर गरेर सञ्चालनमा आउँदा काठमाडौं उपत्यकाका सडकहरुमा थामिनसक्नु भीड बढेको छ । सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पनि सामाजिक दूरी कायम गराएर काम कारवाही अघि बढाउन निर्देशन भएपनि कतै त्यस्को पालना भएको देखिएको छैन ।

तस्बीर र भिडियोमा देखिएको दृश्य काठमाडौंको कलंकीस्थान स्थित अध्यागमन विभागको हो । जहाँ सेवाग्राहीकोरुपमा स्वदेशी र विदेशी नागरिकको उपस्थितिले सामाजिक दूरीको नियमको खिल्ली उडाइरहेको छ । भीषा अवधि थप गर्न र अन्र्तदेशीय आवागमनका लागि आवश्यक कागजात तयार गर्न सेवाग्राहीहरुको भीड अध्यागमन विभागमा विहानैदेखि लाग्ने गरेको छ । जुन कार्यालय बन्द नहुँदा समेत कायम रहन्छ ।

विभागले गत साताको बुधबार (१७ जुन) मा सेवा लिन चाहने ग्राहकका लागि ८ बुँदे सूचना जारी गरेर अनलाइन माध्यमबाट पनि सेवा लिन सकिने जानकारी गराएको छ भने कार्यालय आउनु परेको अवस्थामा सामाजिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न अनिवार्य भनेको छ । तर न कुनै नियमको पालना भएको छ नत त्यस्लाई पालना गराउन विभागले नै कुनै पहल गरेको छ ।

विभागको परिसरमा देखिएको वेथितिबारे जानकारी लिन खोज्दा विभागले वेभसाइटमा उपलब्ध गराएको कुनै पनि टेलिफोन नम्बर उठेनन । विभागमा देखिएको यो भीडले कोरोना रोकथामको लागि नभइ कोरोना संक्रमणको विस्तारमा मनग्ये भूमिका खेल्ने निश्चित छ । तर विभाग परिसरमा देखिएको यो भीड अहिले काठमाडौं उपत्यकामा देखिएको प्रतिनिधि घटनामा मात्र हो ।

अधिकांश सरकारी र निजी कार्यालयहरुको हालत यस्तै छ । सामाजिक दूरी कतै कायम नहुँदा र विश्व स्वास्थ्य संगठन डब्ल्युएचको तोकेको प्रावधानको कतै पनि पालना नहुँदा काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको जोखिममा नराम्ररी फस्ने अवस्था देखिन थालिएको छ । भिडियोमा हेर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here