गल्ती नगर्नेले केही सिक्दैन

  •  
  •  
  •  
  •  
  •  
  •  

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् ।

उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छ । एक पटक हेर्नुस् र मनन गर्नुस् ।१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।२. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ ।५. बलद्वारा शान्ति प्रप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।६. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ ।७. गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ ।राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *