पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती

0
23

काठमाडौं-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ । सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो । यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो ।

केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

आयुर्वेदिक औषधि बेसार र अदुवाकाे मजाक नउडाउन प्रधानमन्त्रीकाे आग्रह
काठमाडाैँ, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरमा राेग प्रतिरोधी क्षमताकाे विकास गर्नमा बेसारजस्ता आयुर्वेदिक औषधिकाे प्रयाेग बढाउन आफूले गरेको आग्रहकाे मजाक नउडाउन आग्रह गर्नुभएकाे छ ।

आइतबार अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीहरूले बेसारजस्ता औषधिजन्य पदार्थकाे मजाक उडाएकाेमा चित्त दुखाउनुभयाे । सनातन रूपमा हाम्राे भान्सामा प्रयोग हुँदै आएका बेसार, अदुवा, मेथीजस्ता औषधिजन्य मसला ऋषिमुनि र आयुर्वेदिक खोज एवं प्रयोगबाट प्रमाणित भएका हुनाले यसलाइ हल्का रूपमा नलिन अनुराेध गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ । आयुर्वेद र योग असाधारण औषधि हुन्, यिनको प्रयोग गराैँ ।’

प्रधानमन्त्री ओलीले थप भन्नुभयाे, ‘मानव जातिको सर्वाेपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ।’ उहाँले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमै परेकाे बताउँदै अब यसलाई बदल्नुपर्ने र समृद्ध नेपाल बनाउनुपर्ने बताउनुभयाे ।

व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्ने बताउँदै उहाँले योगबाट शरीरलाई स्वस्थ्य र बलियाे बनाउनेमा जाेड दिनुभयाे । साथै राेग प्रतिराेधी क्षमता बढाउन समेत याेग र आयुर्वेदिक उपायहरूकाे महत्व रहेकाे उहाँले बताउनुभयाे ।

अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा प्रकाशित ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तक को भिडियो कन्फ्रेन्स मार्फत उहाँले विमोचन समेत गर्नुभएकाे छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको भन्दै यसलाई व्यापक बनाउन आग्रह गर्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here