काठमाडौं – संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रो शित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आ न्दोलन गर्ने चे तावनी नै दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी प्रचलित कानुनमा परिवर्तन गर्न जरुरी नै नभएको बताए। ‘यसले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल-भारत सम्बन्धमाथि ठूलो प्रहार भएको छ,’ कर्णले भने, ‘विवाह भएर आएपछि महिलाको कूल र गोत्र परिवर्तन हुन्छ, सनातनदेखि चलिआएको यो व्यवस्था तोड्न किन जरुरी पर्यो? चित्तबुझ्दो कारण चाहियो नि!’भारतीय सीमा क्षेत्रका सबै ठाउँमा नेपाली र भारतीयबीच विवाह हुने गरेको भन्दै उनले अब ठूलो समस्या आउनसक्ने संकेत गरे। ‘नागरिकता नै नपाउने भएपछि अब भारतीयले जानीजानी किन नेपालीलाई छोरी दिन्छन्?’ कर्णले प्रतिप्रश्न गरे, ‘सीमा क्षेत्रमा यसले ठूलो समस्या निम्तिन सक्छ।’
संसदीय समितिबाट झिनो मतले यो विधेयक अघि बढेको भन्दै संसदमा आफ्ना कुरा राख्ने उनले बताए। संसदमा पनि सत्तारुढ नेकपाको बहुमत भएकाले यो विधेयक समितिकै प्रतिवेदनका आधारमा जस्ताको तस्तै पारित हुनेछ। पेलेरै जाने रणनीतिमा सत्तापक्ष देखिए आफूहरू सडक आन्दो लनमा जान बाध्य हुने कर्ण चेता वनी दिन्छन्।