विदेशबाट फर्किएकालाई लिएर धनगढी जाँदै गरेको बस दु’र्घटना

0
10

विदेशबाट उद्वारगरि ल्याइएकाहरुलाई बोकेर धनगढी जादै गरेको बस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट धनगढीका लागि छुटेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दुर्घटनामा परेको हो ।

तीव गतिका कारण भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । उक्त बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सुदूरपश्चिम फर्किरहेका थिए । थप विवरण आउन बाँकि छ ।

सरकारले ३ हजार भन्दा बढी नागरिकको उद्दार गरिसकेको छ ।

गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

शुक्रबारसम्म मलेसियाबाट १ सय १८, युएईबाट ३ सय १७, कुवेतबाट ८ सय ९८ जना नेपाली फर्किएका छन् ।

जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट ७ जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।

यस्तै बङ्गलादेशबाट २ सय ५८ जना, ओमानबाट ३ सय १३, माल्दिभ्सबाट ३ सय ५, कम्बोडिया र सिङ्गापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट ५, साउदी अरबबाट १ सय ५३ र दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here