नेपाली सेना देशलाइ चाहिएको बेला कालापानी र लिम्पियाधुरा जाने सेनापतिको घोषणा : ह’तिया’रस’हित तयारी गर्न निर्देशन

0
28

काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो समय भारतसँगको सी’मा सम्बन्धी समस्या बढ्दै गएपछि नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्ना सेना खडा गरेकोतर्फ लक्षित गर्दै प्रधानसेनापति थापाले सेनालाई यस्तो निर्देशन दिएका हुन् । आइतबार जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ समापन गर्दै प्रधानसेनापति थापाले पछिल्ले समय भारतले अ’तिक्र’मण गरेको नेपाली भूभागलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा सेनालाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।उनले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्र’भाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिएका छन् ।

त्यस्तै प्रधानसेनापति थापाले राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सेनालाई निर्देशन दिएका छन् । गएको हप्ता प्रधानसेनापति थापा भारतले अ’तिक्रमण गरेको कालापानी नजिकै दार्चुलाको छाङरु भन्ने स्थानमा पुगेर निरीक्षण गरेर फर्किएका थिए । पछिल्लो समय भारतले अ’ति’क्रमण गरेको नेपाली भूमि फिर्ताका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला सेनालार्य पनि सी’मामा ख’टाउने सरकारको तयारी छ ।

बैठकमा पि.एस.ओज. रथी, सबै पृतना हे.क्वा.का पृतनापतिहरुलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो ।

यस किसिमको समन्वयात्मक बैठक र सहभागीहरुबाट प्राप्त महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय हुनका साथै नीति तथा योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here